म्याग्दीमा ७३ करोडको आलु र सुन्तला बिक्री

म्याग्दी । म्याग्दीबाट आर्थिक वर्ष २०८२/८३ मा ७३ करोड ८६ लाख रुपैयाँ मूल्य बराबरको आलु र सुन्तला बिक्री भएको छ । कृषि विकास कार्यालयका अनुसार ४० करोड रुपैयाँको आलु र ३३ करोड ८६ लाख रुपैयाँको सुन्तला बिक्री भएको हो । सो अवधिमा चार हजार ५१५ मेट्रिक टन सुन्तला र ३३ हजार १२० मेट्रिक टन आलु […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

भोजपुरमा ९६ प्रतिशत रोपाइँ

भोजपुर । भोजपुरमा यस वर्ष ९६ प्रतिशत रोपाइँ भएको छ । जिल्लामा धान रोपाइँ अन्तिम चरणमा पुगेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । केन्द्रका सूचना अधिकारी घनश्याम बरालले हालसम्म ९६ प्रतिशत अर्थात् ११ हजार ५६८ दशमलव ७८ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेतीका लागि १२ हजार ५० दशमलव ८१ हेक्टर क्षेत्रफल […]

अन्डाको मूल्य पुनः बढ्यो

काठमाडौँ । बजारमा अन्डाको मूल्य पुनः बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी फार्मबाट बिक्री हुने अन्डाको समर्थन मूल्य बढाएको हो। चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यअनुसार एक्सएल आकारको अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ पुगेको छ। त्यस्तै, ठूलो अन्डाको मूल्य ५७५ रुपैयाँ र मिडियम आकारको अन्डाको मूल्य ५३५ रुपैयाँ प्रतिक्रेट कायम […]

किराती संस्कृतिको स्वाद चखाउँदै पर्यटक तान्दैछ पुमा होमस्टे

खोटाङ । किरात पहिरनमा सजिएकी कन्या हातमा थाली र फूलका गुच्छा बोकेर प्रवेशद्वारमा उभिएकी हुन्छिन् । पाहुना उनको अगाडि पुग्नेबित्तिकै किरात संस्कारअनुसार सेवाढोग गर्दै फूलका गुच्छा थमाएर स्वागत गर्छिन् । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित निगालावासका पुमा राई समुदायले सञ्चालन गरेको ‘पुमा सामुदायिक होमस्टे’मा पुग्ने पाहुनाले पाउने स्वागतको यो सामान्य दृश्य हो । निगालावासका ११ घर पुमा […]

सुनको मूल्य बढ्यो, आज तोलामा कति हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला नौ हजार ३०० र चाँदीको मूल्य २६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला चार हजार ८५५ निर्धारण भएको छ । हिजो […]

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो । उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु […]

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ २३ पैसा र बिक्रीदर १०८ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको […]

विराटनगरमा प्रोटोन ईमास ५ सार्वजनिक, डेलिभरी सुरु

विराटनगर । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले कोशीको राजधानी विराटनगरमा आफ्नै शोरुमबाट नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै ग्राहकलाई डेलिभरी सुरु गरेको छ । नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय मोडेलका रूपमा भित्रिएको यो गाडी आधुनिक सहरी जीवनशैली र दैनिक यात्रालाई सहज, स्मार्ट तथा दिगो बनाउने उद्देश्यले ल्याइएको कम्पनीले […]

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले घटेर ३ लाख ४ हजार १ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा ३ लाख ६ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं