काठमडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो । तर आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् । माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र […]
काठमाडौं । पूर्व मन्त्री तथा एमाले सचिव योगेश भट्टराईको समन्वयमा संकलन भएको कोरोना संक्रमण नियन्त्रणका लागि आवस्यक स्वास्थ्य सामग्री काठमाडौंबाट ताप्लेजुङ पठाइएको छ । काठमाडौमा संलकन भएको करिब ५० लाख बराबरको स्वास्थ्य सामग्री शुक्रबार ताप्लेजुङ पठाइएको हो । पठाइएको स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सन्टेटर २१, पिपिई ५००, माक्स १० हजार थान रहेको छ । यस्तै सेनिटाईजर […]
काठमाडौँ । सत्तारुढ नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । पार्टीलाई फुटबाट जोगाउने गरी आज बोलाइएको बैठक एमालेकै नेपाल पक्षले भने बहिष्कार गर्ने भएको छ । हिजोको नेपाल समूहको स्थायी कमिटी बैठकले आज बोलाइएको केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो । अवैधानिक महाधिवेशन आयोजक कमिटीले बोलाएको केन्द्रीय कमिटी बैठकमा आफूहरू सहभागी नहुने […]
कोरोनाले धेरै कुरा तहसनहस बनाइदियो । यो विश्वव्याधिबाट कतिले ज्यान गुमाए, कतिले परिवार । कतिले शारीरिक पीडा झेले त कतिले मानसिक तनाव । यद्यपि कोरोनाकै कारण केही कुरा पनि बोध गर्न पाए, मानव समुदायले । जस्तो कि, कुनैपनि संक्रामक रोगबाट बच्न भौतिक दूरी कायम राख्नुपर्छ । शारीरिक सरसफाईमा ध्यान दिनुपर्छ । पोषिलो र सन्तुलित खानपान […]
काठमाडौं । युरोकप २०२० को क्वाटरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । अन्तिम १६ को खेल सकिएपछि दुई दिन विश्राम भएको थियो । आज दुई क्वाटरफाइनल खेल हुनेछन् । जसमा स्वीट्जरल्याण्ड र स्पेन तथा बेल्जियम र इटलीबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो पटक युरोकपको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९:४५ बजे […]
विराटनगर । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ । प्रदेश १ मा आज ४७८ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १४३, सुनसरीमा १३९, मोरङमा ९७, ताप्लेजुङमा १०, इलाममा ७, […]
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) बिक्री खुला गरिएको छ । बिहीबारबाट बिक्री खुला भएको आइपीओ यही असार २१ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । तीन करोड ८९ लाख बराबरको आइपीओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवसिंह विष्टले जानकारी दिए। उनका अनुसार प्रतिकित्ता १०० […]
अहिले बजारमा आँपको सिजन चलेको छ । हामी बजारबाट खान योग्य पाकेका आँप किनेर खाने गर्छौं । देशका विभिन्न ठाउँबाट आउने भिन्दाभिन्दै प्रजातिका आँपले काठमाडौंको बजार ढाकेको छ । तर यस्ता आँप उपभोगका लागि सुरक्षित छन् त ? सामान्यतयाः हामीले खाने फलफूलहरु दुई प्रकारका हुन्छन् । एउटा बोटमै फलेपछि टिप्ने र अर्को काँचैमा टिपेर पकाउने […]
पिसाबले च्यापेपछि राजन घिमिरे (५६) शौचालय त जान्छन्, तर केहीबेर बल गर्नुपर्छ । बल्लतल्ल तुरुक्क झरे पनि निखार्न भने समय लाग्छ । भन्छन्, ‘जति पटक पिसाब फेर्न गए पनि निखे्रजस्तो नै हुँदैन । पिसाब फेर्दा पनि कन्नु पर्छ ।’ मुत्रप्रणालीसम्बन्धी रोगका रूपमा लिइने प्रोस्टेट ग्रन्थीको समस्याले अधबैंसे राजनजस्ता पुरुषहरू पीडित छन् । जतिपटक पिसाब गरे पनि निख्रेको हुँदैन । पिसाबको वेग […]
विराटनगर । जिल्ला अदालत मोरङले सवारी ज्यान मुद्दाका आरोपी रविनसिंह कार्कीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ । बुधबार जिल्ला न्यायाधीश सुदर्शनप्रसाद लामिछानेको इजलासले सवारी ज्यान मुद्दाको पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । विराटनगर महानगरपालिका–५ बरगाछीका २४ वर्षीय रोविन भनिने रविनसिंह कार्कीले मदिरा सेवन गरी चलाएको कारले विराटनगर एयरपोर्ट रोडमा दुई जनालाई […]