विराटनगर । मोरङको बेलबारीबाट कारमा पेस्तोल र गोली राखेर केराबारी पुगेका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । बेलबारी नगरपालिका–२ का ४१ वर्षीय पदमकुमार लिम्बूलाई प्रहरीले एक थान कटुवा पेस्तोल र पाँच राउण्ड गोलीसहित मंगलबारसाँझ पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा पिछा गर्दै गएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको […]
काठमाडौं । एमाले नेता योगेश भट्टराईले शिर्ष नेताहरुकै कारण एमाले पार्टी एकतामा समस्या भएको बताएका छन् । बुधबार फेसवुकमा लेख्दै उनले एक शिर्ष नेता आपसमा सहकार्य गर्न तयार नहुनु नै समस्याको मुल जड भएको उल्लेख गरे । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली बरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसँग सहकार्य गर्न तयार नहुने तर […]
विराटनगर । प्रदेश नम्बर १ भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री कला घलेलाई कोरोना संक्रमण भएको छ । उदयपुरको निर्वाचन क्षेत्र २ (ख) बाट निर्वाचित घलेलाई कोरोना संक्रमण भएको हो । उदयपुरको कटारी नगरपालिका– ४ कटारी बजारमा बस्दै आएकी राज्यमन्त्री घलेको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले सामान्य अवस्था रहेकी घले होम आइसोलेशनमा बस्दै […]
विराटनगर । बाँझोपन अर्थात गर्भ नबस्ने समस्या हुनुमा महिलाकै कमजोरी देखाउने मान्यता अझै कायम छ । बाँझोपन महिलामा मात्रै हुन्छ र महिलाकै कमी–कमजोरीका कारण गर्भ नरहने पुरुषवादी चिन्तन व्याप्त देखिन्छ । गर्भ नरहनुको कारण यही हो भन्न सकिन्न । कुनै मानसिक कारणले समेत प्रभाव पार्ने गरेको देखिन्छ भने केही स्वास्थ्यको कारणले समेत गर्भ बस्न सक्दैन […]
बिर्तामोड । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट उत्पन्न भएको छ । भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजन आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरुलाई खाना खुवाउन आर्थिक सङ्कट उत्पन्न भएको हो । नौ कर्मचारी र ४५ बटुकको नियमित खर्च धान्न समस्या हुन थालेको धाम विकास समितिका कोषाध्यक्ष मनोज जोशीले […]
विराटनगर । कोरोना संक्रमण विरुद्धको अमेरिकी खोप विकास कम्पनी फाइजरले १२ वर्ष मुनिका बालबालिकामा परीक्षण सुरु गर्ने भएको छ । अमेरिका, फिनल्याण्ड, पोल्याण्ड, तथा स्पेनका करिव ४ हजार ५ सय बालबालिकामा खोप परीक्षण गरिने फाइजरले जनाएको हो । यस अघि फाइजर तथा जर्मनी कम्पनी बायोएनटेकले अमेरिका, क्यानडा तथा युरोपियन युनियनका १२ वर्ष माथिका बालबालिकालाई खोपको […]
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिर जान सुकेटारबाट तल्लो फेदि सम्मको बाटोमा तीर्थयात्रीले सास्ति भोग्र्दै आएका थिए । बाटो कच्चि हुँदा सबै सवारी जान सक्दैन थिए । तर, अब तीन वर्ष भित्र यो समस्याबाट तीर्थयात्रीले मुक्ति पाउने भएका छन् । ताप्लेजुङको सुकेटार देखि पाथीभरा क्षेत्रको काफ्ले पाटी सम्म कालोपत्रे गर्न टेण्डर खुलेको छ । नेपाल सरकार […]
विराटनगर । कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना अभियान प्रभावित भएको छ । अवस्था सामान्य थियो भने हिजो(मंगलबार)देखि सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण सुरु हुन नसकेको हो । हरेक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको यो इतिहासकै पहिलो घटना रहेको केन्द्रीय […]
विराटनगर । प्रदेश १ मा आज ७८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र ते¥हथुममा ४–४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १००, सुन्दरहरैचामा ७६, उर्लाबारीमा […]
ताप्लेजुङ । प्रदेश १ का सांसद प्रताप प्रकाश हाङ्गामले ताप्लेजुङमा अक्सिजन प्लान्ट निर्माणका लागि १ करोड रुपैयाँ बजेट बिनियोजन गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् । मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै हाङ्गामले ताप्लेजुङ कोरोनाको ‘हटस्पट’ बनेको र त्यहाँका नागरिकले अक्सिजन नपाएरनै मर्नपर्ने अवस्था आएकाले अब आउने बजेटमा १ करोड रुपैयाँ बिनियोजन गर्न आग्रह गरे । ‘मैले […]