टेलिकमले यसरी गर्दैछ अप्टिकल फाइबर विस्तार, अब सबै जिल्लामा इन्टरनेट !

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अप्टिकल फाइबर विस्तारमा तीव्रता दिएको छ । ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउन १८ वटा प्याकेजमार्फत ७४ जिल्लामा तोकिएबमोजिमका स्थानमा जडान सम्पन्न भई सेवा सञ्चालनमा रहेको प्राधिकरणले जनाएको छ । सम्पन्न भएका परियोजनामध्ये हालसम्म आठवटा परियोजनाको अनुगमन तथा प्रमाणीकरण भइरहेको छ […]

आजको मौसम : मेघ गर्जन/चट्याङसहित वर्षा

काठमाडौं – आजको मौसम प्रणालीमा नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले प्रदेश १, मधेस प्रदेश र बाग्मती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको […]

काठमाडौं उपत्यकाको फोहोर राति मात्रै व्यवस्थापन गरिने, किन भयो यस्तो निर्णय ?

काठमाडौँ – उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौँ महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल्ड साइडमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो । सहमतिअनुसार रातिको समयमा मात्रै काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्नुपर्ने छ । त्यसैगरी फोहोर व्यवस्थापन गर्दै आएको क्षेत्रको वैज्ञानिक […]

हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव : सङ्घ

काठमाडौं – नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक […]

गगन थापामा मानवता हराएको देखियो : शान्ता चौधरी

काठमाडौं – नेकपा एमालेकी सचेतक शान्ता चौधरीले कांग्रेस सांसद गगनकुमार थापाले संसदमा दिनुभएको अभिव्यक्तिमा आपत्ति जनाउनुभएको छ । स्वास्थ्यमा देखिएको समस्याका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्मा बसेर गर्नुभएको सम्बोधनलाई थापाले व्यंग्य गर्नुभएको थियो । यसमा आपत्ति जनाउँदै शान्ताले कुर्सीमा बसेको कुरालाई नकारात्मक ढंगले प्रस्तुत गरेको भन्दै प्रतिवाद गनुएभएको छ । स्वास्थ्यका कारणले बसेर […]

आज पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं – देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन÷चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना […]

टोखामा नगरकार्यपालिका सदस्यको निर्वाचन

काठमाडौँ – काठमाडौँको टोखा नगरपालिकामा नगरकार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको हो । टोखा नगरपालिकाका निर्वाचन अधिकृत सविता शर्माले पाँच महिला र तीन दलित तथा अल्पसङ्ख्यक सदस्य गरी आठ सदस्यको निर्वाचन सम्पन्न भएको राससलाई जानकारी दिनुभयो […]

बालेन मेयरमा निर्वाचित भएपछि उनकी श्रमती सविनाले यस्तो लेखिन्

काठमाडौं – काठमाडौंको मेयरमा बालेन्द्र साह (बालेन) विजयी बने । उनी स्वतन्त्र उम्मेदवार थिए । उनको विजय सँगै चर्चा चुलिएको छ भने, उनलाई शुभकामना दिने पनि उक्तिकै छन् । यसै क्रममा उनकी श्रीमती सविना काफ्लेले पनि श्रीमानलाई सुझाव दिँदै लेखेकी छन् । उनी लेख्छिन् ः आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो […]

काठमाडौंको नेतृत्वमा युवा : प्रमुखमा साह, उपप्रमुखमा डंगोल निर्वाचित

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय हुनुभएको छ । नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय साह संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित हुनुभएको हो । साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार […]

सर्वोच्चको फैसला : निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण रोक्नु

काठमाडौं – सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले आज उक्त विमानस्थलसम्बन्धी निर्माणसम्बन्धी विवादमा रिट जारी गर्दै निर्माण कार्य रोक्ने फैसला सुनाएको हो । उक्त विमानस्थल निर्माण गर्ने क्रममा रुख कट्ने विषयलाई […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं