पाँचथर । पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ४ का ७५ वर्षे वृद्धको गएराति हत्या भएको छ । जोरसाल बजार सिरानमा घर भएका टेकबहादुर लिम्बूको गएराति अज्ञात समूहले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरीका अनुसार उनको टाउको र शरीरमा विभिन्न भागमा गम्भीर चोट लागेको छ । टेकबहादुरकी श्रीमती कालिमाया पक्षघात सहितको बिरामी […]
काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ । बैठक दिउँसो ३ बजे बस्दैछ। आइतबार बस्ने प्रजिअहरुको बैठकले निषेधाज्ञा लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्ने जनाइएको छ। हाल जारी निषेधाज्ञा सोमबार सकिँदैछ। जारी निषेधाज्ञामा तरकारीलगायत किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी मात्र) बिहान ९ बजेसम्मका लागि खुला गरिएको छ। अब […]
विराटनगर । शुक्रबार नेपालको पूर्वी भूभागमा प्रवेश गरेको मनसुन आइतबारसम्म देशभर सक्रिय बन्ने भएको छ । हाल प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा मनसुन सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ […]
विराटनगर । भारतमा थप ६५ हजार संक्रमित थपिएका छन् । दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ६५ हजार ९७३ जनामा संक्रमण भएको छ । यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या २ करोड ९४ लाख […]
विराटनगर । प्रदेश १ को बजेट अधिवेशनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले बोल्ने क्रम सकिएको छ। दुई दिनसम्म सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा छलफल गरेका थिए। प्रदेशसभा बैठकमा विपक्षी दलका सांसदहरुले कार्यान्वयन गर्न नसकिने महत्वाकांक्षी र आश्वासन मात्र भएको आरोप लगाए। सत्तापक्षका सांसदहरुले भने नीति कार्यक्रमको बचाउ गरेका छन्। बैठक भोलि २ बजे पुनः […]
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए । अब उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत […]
काठमाडौं । बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिको चर्को विरोध भएपछि माफि मागेका छन् । शनिबार उनले प्रधानमन्त्रीप्रति लक्षित गरी प्रयोग भएको शब्दहरु आपत्तीजनक र संसदीय मर्यादा विपरित भएको स्वीकार गर्दै माफी मागेका हुन् । वैद्यले भनेका छन्,‘बागमती प्रदेशको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रमको छलफलको क्रममा हिजो मिति २०७८÷०२÷२८ […]
काठमाडौं । वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से जस्तो व्यक्ति चाहिएको भनेर आपत्तीजनक अभिव्यक्ति दिएका छन् । शुक्रबार प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उनले प्रधानमन्त्री ओलीविरुद्ध नाथुराम गोड्सेको आवश्यकता परेको बताएका हुन् । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले महात्मा गान्धीको गोली हानी हत्या […]
काठमाडौं । एमालेको दशौँ महाधिवेशन आयोजक कमिटीलाई अवैध ठह¥याउने सर्वोच्च अदालतको बिहीबारको अन्तरिम आदेश पनि पार्टी एकताका लागि ‘रसायन’ नबन्ने भएको छ । महाधिवेशन आयोजक कमिटीलाई अवैध र कर्णाली प्रदेशका चार प्रदेश सभा सदस्य पुनर्वहाली गर्ने आदेशविरुद्ध प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्ष पुनरावलोकन जाने भएपछि अन्तरिम आदेश एकताका लागि ‘रसायन’ नबन्ने अवस्था भएको हो । […]
विराटनगर । फिफा विश्वकप–२०२२ को दोस्रो चरणको छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । कुवेतमा शुक्रबार राति १० खेलाडीमा समेटिएको नेपाल एशियाली फुटबलको पावरहाउस मानिने अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा अष्ट्रेलियालाई जित दिलाउन म्याथ्यु लेकी, फ्रान करासिक र मार्टिन बोयलले एक एक गोल […]