ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ । फुङ्लिङ नगरपालिकामा विहीबार एकैदिन ४८ जना संक्रमित भएको रिपोर्ट आएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पाँच दिन अघि संकलन गरिएको स्वावको रीपोर्ट विहीबार आएको र त्यसमा ४८ जना संक्रमित भेटिएको हो । पाँच दिन अघि फुङ्लिङ […]
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । एक मन्त्रीका अनुसार, बैठकमा विभिन्न मन्त्रालयका निर्णय, कोरोना संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ । मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन्। त्यसअघि, […]
विराटनगर । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ। नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको हो। मेयर बासुदेव घिमिरे लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडी प्रयोग गर्दै […]
विराटनगर । कोभिड १९ को बिरामीको अन्तिम समय आएका बेला एउटा कठोर दृश्य देखिने गरेको छ । त्यस बेला उनीहरूको मृत्युमा शोक व्यक्त गर्ने आफन्तहरू साथमा हुँदैनन्। ती दृश्यहरूले केवल मृत्युको मात्र होइन मृतकसँग पनि त्रास पैदा गरिरहेका छन्। त्यसले पोस्टमोर्टमबाट रोग फैलन सक्ने आशङ्का र सङ्क्रमितको शरीरबाट भाइरस सर्न सक्ने सम्भावनाको डर पैदा गरिदिएको […]
ताप्लेजुङ । फुङलिङ नगरपालिका ५ का वडा सदस्य सुरेश सिंघक शनिबार बिहान क्याम्पस लाइन पुगे । आफ्नो वडाकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण निधन भएपछि समवेदना व्यक्त गर्न उनी त्यहाँ पुगेका थिए । सिंघक पुग्दा काग्रेस जिल्ला सभापति लिलादेवी बोखिम, छिमेकीहरू अमिर मादेन, शिला इजमलगायत केही व्यक्ति थिए । बिहान ११ बज्यो । शव अन्तिम संस्कारका लागि लैजाने […]
धनकुटा । कोरोना संक्रमण तिव्र भएपछि स्थानीय प्रशासनले बुधबार मध्य रातिदेखि धनकुटा नगरपालिका क्षेत्रमा निषेध आदेश जारी गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) धनकुटाको बुधबार साँझ बसेको बैठकले आगामी वैशाख मसान्तसम्म निषेध आदेश जारी गरेको हो । डीसीसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार तोकिएको समय बाहेक सम्पूर्ण व्यवसाय […]
विराटनगर । यसपालीको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे । कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने निर्णय गरेकै भोलिपल्ट बुधबार ओली सहयोगीहरूका साथ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । उनले लामो पृष्ठभूमिका […]
विराटनगर । प्रदेश १ मा बुधबार ५ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ९६, झापामा १ सय ७८, सुनसरीमा १ सय १, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले […]
विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा खटिएका चिकित्सक सहित अन्य कर्मचारीको निधन भए २५ लाख रुपैयाँ क्षतिपूर्ति रकम परिवारलाई दिने भएको छ । बुधबार बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट सो रकम दिने निर्णय गरेको हो । प्रदेश […]