ताप्लेजुङमा बढ्दै कोरोना संक्रमित, थप ३२ जनामा देखियो संक्रमण

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार ३२ जनामा कारोना भाइरस पुष्टि भएको छ । १ सय ८३ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १४ महिला र १८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । ताप्लेजुङका कोभिड फोकल पर्सन प्रतिमा खरेलका अनुसार २ जनाको रिपोर्ट आउन बाँकी छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५१ जना पुगेको खरेलले बताइन् । […]

ट्रकको ठक्करबाट भाँचियो विराटनगरको बरगाँछी स्तम्भ

विराटनगर । तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा विराटनगर महानगरपालिकाको बरगाछीमा रहेको आइलन (स्तम्भ) मंगलबार राति भाँचिएको छ । ना ७ ख १४३७ नम्बरको खाली ट्रकले ठक्कर दिँदा रड, सिमेन्ट र इँटा प्रयोग गरेर नौ वर्षअघि बनाइएको आइलन भाँचिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार तीव्र गतिमा रहेको ट्रक सिधै ठोक्किँदा आइलन […]

प्रदेश १ मा कोरोना : ताप्लेजुङमा २ सहित प्रदेशमा ६ सय ११ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा मंगलबार ६ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ६६, झापामा १ सय ६६, सुनसरीमा १ सय २७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २÷२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९० महिला […]

विराटनगरमा कोरोना संक्रमण को ‘हटस्पट’ महानगर आफै जुट्यो स्वाब संकलनमा

विराटनगर । दैनिक २ सय बढी संक्रमित महानगर क्षेत्रमै भेटिन थालेपछि विराटनगरले कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण सुरु गरेको छ । यस अघि पहिलो चरणको कोरोना संक्रमणमा स्वाव संकलन दैनिक गराएको महानगरले दास्रो चरणको महामारीको हालसम्मको अवस्थामा कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब संकलन गरेको थिएन । कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन महानगरले प्रत्येक वार्डलाई लक्षित […]

मुख्यमन्त्रीलाई आयो पाँच दिनभित्र ज्यान मार्ने धम्की

विराटनगर । उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई ज्यान मार्ने धम्की आएको छ। प्रहरीका अनुसार गत २९ अप्रिलमा आपतकालीन सेवाका लागि बनाइएको ११२ मा म्यासेज गरेर ज्यान मार्ने धम्की दिइएको हो। उनले पाँच दिनभित्र मुख्यमन्त्रीलाई मारिदिने चेतावनी दिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। उनले प्रहरीलाई चेतावनी दिँदै भनेका छन्( मलाई जे गर्न सक्छौं गर। यस्तो म्यासेज आएपछि लखनउको […]

खोप लगाउने दक्षिण एसियामा दोस्रो राष्ट्र नेपाल भएको प्रधानमन्त्रीको दाबी (सम्बोधनको पुर्ण पाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा आवश्यक मात्रामा खोप ल्याउन सरकार प्रयत्नशील रहेको बताएका छन् । ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै उनले चीन, रुस लगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रामा खोप ल्याउन सरकार प्रयत्नशील रहेको बताएका हुन्। उनले दक्षिण एसिया खोप लगाउने दक्षिण एसियामा […]

भारतीय खोप उत्पादक कम्पनीका सिइओ बेलायत पुगेर किन यसो भने ?

नयाँदिल्ली । सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्यूटका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अदर पुनावाला भारतमा आफूमाथि अत्याधिक दबाब आएको भन्दै बेलायत गएका छन् । भारतले बेलायतका लागि उडान प्रतिबन्ध जारी गर्नुअघि नै उनी शनिबार नै लण्डन पुगेका हुन् । दि टाइम्ससँगको अन्तरवार्ता पुनावालाले आफूमाथि अत्यधिक दबाब आएको प्रतिक्रिया दिएका छन् । भारतमा कोरोना संक्रमणले […]

ताप्लेजुङका युवा व्यवसायी प्रेम हाङ्गामको निधन

ताप्लेजुङ । ताप्लेजुङका एक युवा व्यवसायीको श्वास प्रश्वासको समस्याका कारण निधन भएको छ । फुङ्लिङ नगरपालिका ४ का युवा व्यवसायी प्रेम हाङ्गामको आइतबार बिहान ताप्लेजुङ अस्पताल मा उपचार हुन नसकेपछि थप उपचारका लागी झापा लैजाने क्रममा बाटोमानै निधन भएको हो । जिल्ला अस्पतालका चिकित्सकले स्वास प्रश्वासमा समस्या देखिएको र अक्सिजनको मात्रा धेरै कम भएकाले जिल्ला […]

ताप्लेजुङमा बढ्यो कारोना संक्रमण, सोमवार साँझबाटै फुङ्लिङमा निशेधाज्ञा

ताप्लेजुङ । हिमाली जिल्ला ताप्लेजुङमा पनि कोरोना संक्रमित सँगै मृतकको संख्या बढेपछि निषेधाज्ञा लगाइने भएको छ । सोमवार साँझबाट लागु हुने गरी ७ दिन सम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । ताप्लेजुङको निषेधाज्ञा भने सदरमुकाम रहेको फुङ्लिङ नगरपालिका भर मात्रै कायम रहेन प्रजिअ पाण्डेले बताए । आइतवार […]

प्रदेश १ मा दोब्बरले थपिदै संक्रमित, एकैदिन ४ सय १७ जना थपिए

विराटनगर । प्रदेश १ मा आइतबार ४ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ४२, सुनसरीमा ६९, झापामा ४४, ते¥हथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९८ महिला र १ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा