पल शाह प्रहरीको नियन्त्रणमा

काठमाडौं । जवरजस्ती करणीको आरोप लागेका पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । शाह नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् […]

मुलुकलाई अनिर्णयको बन्दी बनाउने गठबन्धन छिटो भत्किनुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अहिलेको सत्ता गठबन्धन रहँदासम्म मुलुक अनिर्णयको बन्दी भइरहने भन्दै छिटो भत्किनुपर्ने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले गठबन्धन भत्किनु अनिवार्य भएको बताए । ‘यो गठबन्धन भत्किनु अनिवार्य छ, गठबन्धन जहिलेसम्म रहन्छ, मुलुक अनिर्णयको बन्दी भइरहन्छ । त्यसैले यो छिटो भत्किनुपर्छ’ उनले […]

लोकगायक एवं कलाकार जयनन्द लामाको निधन

काठमाडौं । चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उहाँको आज बिहान आफ्नै घर अगाडि निधन भएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आउनुभएका ६६ वर्षीय लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिनुभयो । लामाको निधनबाट […]

लोसपा संसदीय दलको बैठक बस्दै, एमसिसीका विषयमा छलफल हुने

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ । उक्त बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०लगायत समयसामयिक विषयमा छलफल हुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । एमसिसी नेपालको पूर्वाधार विकास र नेपाली जनताको समृद्धिको पक्षमा रहने भनी […]

सेमिफाइनलमा नेपाल र युएई भिड्दै

काठमाडौं : नेपाल आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत ग्लोबल छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। नेपालले फाइनल प्रवेशका लागि मंगलबार (आज) समूह ‘ए’को उपविजेता संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्नेछ। नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ। आजको खेलले […]

रेखा थापाले गरिन् बलरामसँग विवाह

काठमाडौं । चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन्। आफूले केही दिनअघि बलराम शाहीसँग कोर्ट म्यारिज गरेको थापाले जानकारी दिइन्। थापा र शाही लामो समयदेखि प्रेममा थिए। शाही हाल अमेरिका बस्दै आएको खुलेको छ। उनीहरूले काठमाडौं जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि […]

‘भ्यूटावर’ बनाउने प्रवृत्ति राम्रो भएन : पर्यटन विज्ञ

काठमाडौं । दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ बनाउने प्रवृत्तिले पर्यटन क्षेत्रको सही विकास नहुने धारणा विज्ञहरुले व्यक्त गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय अल्मुनाइ एशोसिएशनद्वारा शनिबार आयोजित ‘नेपालमा पर्यटन उद्योगको विकास र त्रिभुवन विश्वविद्यालयको योगदान’ विषयक वेबिनार छलफलका सहभागी वक्ताहरुले दृश्यावलोकन बनाउने लगानी पर्यटन प्रवद्र्धनका अन्य क्षेत्रमा लगाउन स्थानीय तहलाई आग्रहसमेत गर्नुभयो । निजी क्षेत्रसँग समन्वय गरी प्रदेश […]

सुनको मूल्यमा प्रतितोला ५०० ले वृद्धि

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार ९०० पुगेको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० छ, जसको मूल्य अघिल्लो दिन रु ९२ […]

कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पहिलो पटक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा कांग्रेसका म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी १६ जिल्ला कार्यसमिति, स्थानीय तह निर्वाचनको तयारीलगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । कार्यसम्पादन समितिको बैठकको तयारीका लागि मङ्गलबार प्रधानमन्त्री […]

ताप्लेजुङमा वर्षाले अलैँची खेती गर्ने किसान हर्षित

ताप्लेजुङ । ताप्लेजुङमा हिमपातसँगै निरन्तर वर्षा भएपछि किसान हर्षित भएका छन् । सबैभन्दा बढी अलैँची खेतीमा संलग्न किसान हर्षित भएका छन् । जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैँची खेतीका लागि सिँचाइ गर्ने समयमा वर्षा भएपछि किसान हर्षित भएका हुन् । हिमपातसँगै वर्षा भएकाले सिँचाइ गर्न पर्याप्त पानी नभएका क्षेत्रका किसानलाई ठूलो राहत मिलेको छ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं