ग्लोबल एनआरएन सिंगिङ आइडलः डिजिटल अडिसनबाट छानिए ६० जना (नामावलीसहित)

दोहा । ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धा छनौट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणमा ६० जना छानिएका हुन् । एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार अप्रिल ३० तारिखसम्म प्रतिष्पर्धामा भाग लिनका लागि भिडियो पठाएका […]

ताप्लेजुङमा ४९ सहित प्रदेश १ मा ७९१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा विहीबार हाल सम्मकै धेरै संक्रमित थपिएका छन् । विगत २४ घण्टामा ७ सय ९१ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नयाँ थपिएका संक्रमितहरुमा मोरङमा ३ सय ३७, झापामा १ सय ७८, सुनसरीमा १ सय ४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, तेह्रथुममा ५, धनकुटा […]

रहेनन् वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ। बिहीबार सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा प्रधानको निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानको निधन भएको गायक दिनेश अधिकारीले जानकारी दिए। ‘स्तब्ध छु। कसरी भन्नु नेपाली संगीतको हाम्रो गौरव प्रेमध्वज प्रधान भौतिक रुपमा अब हामीबीच रहनु भएन’, अधिकारीले भने, ‘फेरि पनि सत्य […]

विराटनगरमा १७ घण्टामा सात संक्रमितले गुमाए ज्यान

विराटनगर । विराटनगरका विभिन्न अस्पतालमा विगत १७ घण्टामा ७ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । बुधबारसाँझदेखि बिहीबार दिउँसोसम्मका तथ्याङ्क अनुसार दुई बृद्ध पुरुषसहित सातजनाले संक्रमणका कारण ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एकजना छन् । कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा […]

ताप्लेजुङको फुङ्लिङमा एकैदिन ४८ जना संक्रमित थपिए, ४ नंबर वडामा बढी संक्रमित

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका कोरोना संक्रमणको ‘हटस्पट’ बनेको छ । फुङ्लिङ नगरपालिकामा विहीबार एकैदिन ४८ जना संक्रमित भएको रिपोर्ट आएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार पाँच दिन अघि संकलन गरिएको स्वावको रीपोर्ट विहीबार आएको र त्यसमा ४८ जना संक्रमित भेटिएको हो । पाँच दिन अघि फुङ्लिङ […]

आजै साँझ प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । एक मन्त्रीका अनुसार, बैठकमा विभिन्न मन्त्रालयका निर्णय, कोरोना संक्रमण नियन्त्रण र समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ । मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन्। त्यसअघि, […]

जनप्रतिनिधि हुन् त यस्ता : संक्रमित बोक्न मेयर र उपमेयरले बनाए आफू चढ्ने गाडीलाई एम्बुलेन्स

विराटनगर । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मेयर तथा उपमेयर चढ्ने गरेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भएको छ। नगरपालिकाभित्रै दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिदै जाँदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव हुन थालेपछि यस्तो निर्णय गरिएको हो। मेयर बासुदेव घिमिरे लु १ झ ३६० नम्बरको र उपमेयर जगेश्वरीदेवी चौधरीले ३२६ नम्बरको स्कार्पियो गाडी प्रयोग गर्दै […]

कोरोनाबाट निधन भएका व्यक्तिको शवबाट भाइरस सर्छ ?

विराटनगर । कोभिड १९ को बिरामीको अन्तिम समय आएका बेला एउटा कठोर दृश्य देखिने गरेको छ । त्यस बेला उनीहरूको मृत्युमा शोक व्यक्त गर्ने आफन्तहरू साथमा हुँदैनन्। ती दृश्यहरूले केवल मृत्युको मात्र होइन मृतकसँग पनि त्रास पैदा गरिरहेका छन्। त्यसले पोस्टमोर्टमबाट रोग फैलन सक्ने आशङ्का र सङ्क्रमितको शरीरबाट भाइरस सर्न सक्ने सम्भावनाको डर पैदा गरिदिएको […]

जब ताप्लेजुङमा शव बोक्ने मानिस नै भेटिएन…

ताप्लेजुङ । फुङलिङ नगरपालिका ५ का वडा सदस्य सुरेश सिंघक शनिबार बिहान क्याम्पस लाइन पुगे । आफ्नो वडाकी ८५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण निधन भएपछि समवेदना व्यक्त गर्न उनी त्यहाँ पुगेका थिए । सिंघक पुग्दा काग्रेस जिल्ला सभापति लिलादेवी बोखिम, छिमेकीहरू अमिर मादेन, शिला इजमलगायत केही व्यक्ति थिए । बिहान ११ बज्यो । शव अन्तिम संस्कारका लागि लैजाने […]

धनकुटामा गएरातिदेखि निषेधाज्ञा

धनकुटा । कोरोना संक्रमण तिव्र भएपछि स्थानीय प्रशासनले बुधबार मध्य रातिदेखि धनकुटा नगरपालिका क्षेत्रमा निषेध आदेश जारी गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) धनकुटाको बुधबार साँझ बसेको बैठकले आगामी वैशाख मसान्तसम्म निषेध आदेश जारी गरेको हो । डीसीसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार तोकिएको समय बाहेक सम्पूर्ण व्यवसाय […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा