Lite Nepal

बुधबार, साउन ११, २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन क्षेत्रका मतदातासँग तीन दिनसम्म अन्तरक्रिया गर्ने भएका छन् । झापा क्षेत्रनम्बर ५ का कार्यकर्ता र मतदातासित अन्तरक्रिया गर्न ओली बुधबार झापामा हुनेछन् ।

बुधबार झापाको बिर्तामोडमा हुने एउटा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने बाहेक १३ गते साँझसम्म उनले झापाका नेता, कार्यकर्ता र मतदाताहरुसँग एक्लाएक्लै तथा सामूहिक रुपमा भेटघाट गर्ने नेकपा एमाले प्रदेश १ कमिटीका सचिवालय सदस्य एवम् झापा जिल्ला इञ्चार्ज होमबहादुर थापाले बताए ।

उनका अनुसार अध्यक्ष ओलीसँग भेटघाट गर्ने कार्यकर्ताहरुको नामावली संकलन गरिसकिएको छ । ‘अध्यक्षसँग भेटघाट गर्न चाहने जनवर्गीय संगठन, स्थानीय अगुवा कार्यकर्ता र मतदाताहरुको नामावली संकलन गरेर सामूहिक रुपमा कम्तिमा एक घण्टा भेट्न पाउने गरी सेड्युल तयार पारिसकिएको छ’ थापाले अनलाइनखबरसँग भने, ‘यसपालि प्रशिक्षणभन्दा पनि दोहोरो कुराकानी र अन्तरक्रिया हुने भएकाले सबैले आ-आफ्ना कुरा खुलस्त राख्न पाउनुहुनेछ ।’

भेटघाटको समन्वय गरिरहेका थापाका अनुसार एमाले अध्यक्ष ओली बुधबार बिर्तामोडमा उत्पीडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनेछन् । बिहीबारदेखि भने सार्वजनिक कार्यक्रममा सहभागी नभएर कार्यकर्ता लक्षित कार्यक्रम तय गरिएको उनले बताए । बिहीबार बिहान ९ बजेदेखि नै ओलीले कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

ओलीले दमक, गौरादह, कमलका स्थानीय जनप्रतिनिधि, युवासंघका प्रतिनिधि, अगुवा कार्यकर्ता र मतदाताहरूसँग छलफल गर्ने थापाले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा