आज पनि नेकपा सचिवालय बैठक, अध्यक्ष ओली नजाने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुसस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक […]

प्रहरीको अचम्मको अभियान ‘आई लभ यु बुढी गुट नाइट’

स्याङ्जा । प्रहरीले स्याङ्जामा नयाँ अभियान चलाएको छ । काम गर्ने प्रेरणाको पहिलो स्रोत घर–परिवार हो भन्ने बुझेका प्रहरी प्रमुख होबिन्द्र बोगटीले स्याङ्जामा कार्यरत प्रहरीहरुको घर परिवारसँगको मायालाई अझ गाढा बनाउन नौलो अभियान शुरु गरेका छन् । परिवारसँग राम्रो सम्बन्ध भएन भने मानसिक तनाब बढ्ने, दुईवटा विवाह गर्ने, जाँडरक्सी खानेजस्ता क्रियाकलाप बढ्दै जान्छ । समाज […]

प्रधानमन्त्री ओलीको बन्यो ‘टिकटक अकाउन्ट’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट भिडियो सेयरिङ एप टिकटक खोलिएको छ। आइतबार बनाइएको उनको अफिसियल अकाउन्ट भेरिफाइड समेत भइसकेको छ। प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामकृष्ण बजगाईंले ओलीको अकाउन्ट आधिकारिक भएको जानकारी दिए। उनले भने, ‘टिकटक आइडि बनाएर अकाउन्ट भेरिफाइड गर्नलाई पठाइएको थियो भेरिफाइडसमेत भइसकेको छ।’ अहिलेसम्म ओलीको आधिकारिक अकाउन्टमा एउटा भिडियो मात्रै अपलोड […]

ताप्लेजुङमा २१ सहित प्रदेश १ मा २२६ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, […]

दुहवीका वेपत्ता बालक मृत भेटिए, हत्यामा संलग्न पक्राउ

विराटनगर । सुनसरीको दुहवी नगरपालिका २ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा सोमबार बिहान ५ बजे दुहवी नगरपालिका २ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय […]

अपांगमैत्री प्रदेश निर्माणमा प्रदेश सरकार सचेत छ : मुख्यमन्त्री राई

विराटनगर । मुख्यमन्त्री शेरधन राईले अपांगमैत्री प्रदेश निर्माणमा आफू सचेत रहेको बताएका छन् । आइतबार स्पाइनल इन्जुरी भएका झापा, मोरङ र सुनसरीका १५ जनालाई ह्वीलचियर प्रदान गर्दै मुख्यमन्त्री राईले कानून, नीतिनियम निर्माण र बजेट तर्जुमा गर्दा अपांगमैत्री बनाउनु पर्नेमा प्रदेश सरकार सचेत रहेको बताए । ‘यस आर्थिक वर्षमा अपांगताको क्षेत्रमा जति कार्यक्रम तय भएका छन्, […]

विराटनगरमा एम्बुलेन्स भारतीय लहरीमा ठोकियो, बिरामीको मृत्यु

मोरङ । मोरङको विराटनगरमा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोशी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा सोमबार बिहान १ बजेतिर एम्बुलेन्स ठोक्किएको हो । दुर्घटनामा सप्तरीबाट विराटनगर लगिएका बिरामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दमका बिरामी ६५ वर्षीय नुनुलाल मण्डलको नोबेल अस्पतालमा उपचारका क्रममा […]

प्रदेश १ मा कोरोना : एकैदिन ४ सय २१ जना संक्रमणमुक्त, १७७ संक्रमित

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट ७ र मेची अस्पतालबाट १ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २२ हजार १८३ पुगेको छ प्रदेश १ मा आज १७७ जना कोरोना संक्रमित थपिएका छन् । […]

चिनियाँ रक्षामन्त्री फेङहे आज आउँदै

काठमाडौं । भारतीय कूटनीतिज्ञ एवं सुरक्षा निकायका प्रमुखहरूको आउजाउ भइरहेका बेला चिनियाँ रक्षामन्त्री वेइ फेङहे केही घण्टाका लागि आइतबार काठमाडौं आउँदै छन्। पछिल्लो पटक नेपाल भ्रमण गर्ने भारतीय कूटनीतिज्ञहरूले यहाँ भएको चिनियाँ उपस्थितिप्रति चासो राखिरहेका बेला हुन लागेको रक्षामन्त्री फेङहेको छोटो नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ। परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत आइतबार चिनियाँ रक्षामन्त्री फेङहेको एक […]

भारतमा ९३ लाखभन्दा बढीमा संक्रमण

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ९३ लाख नाघेको छ । डेढ महिनायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४२ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ४२ हजार ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९३ लाख ८ हजार ७५१ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ८७ लाख १६ हजार ५६६ […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं