गोंगबु हत्या आरोपी कमला कलाकार रहेको खुलासा

काठमाडौं । गोंगबु हत्याको आरोपी कमला मुडभरी (पौडेल) कलाकार पनि रहेको खुलासा भएको छ । नेपाल प्रहरीले आज गोंगबु हत्या आरोपी सार्वजनिक गर्दै उनी कलाकार पनि रहेको खुलासा गरेको हो । उनले केहि चलचित्रमा अभिनय गरेको पाइएको प्रहरीले जनाएको छ । राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्ड आफैले […]

अगस्त १२ मा (भाेली) रुसले कोरोना विरुद्धको औषधि लन्च गर्ने

मस्को । रुसले कोरोना विरुद्धको खोप आफुले निर्माण गर्न सफल भएको दाबी गरेको छ । के अब यसले कोरोना भाइरस विरुद्धको लडाँइलाई जित्नसंसारभर रुसले बनाएको भनेको यो खोपबारे निकै चर्चा चलिरहेको छ । रुसले १२ अगस्टमा कोरोना विरुद्धको खोप दर्ता गर्ने जनाएको छ । रुसका उपस्वास्थ्य मन्त्री ओलेग ग्रीडनेभले १२ अगस्टमा कोरोना भाइरस विरुद्धको खोप […]

डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु, ५ जना घाइते

काठमाडौँ । डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । सोमबार राति एक बजेतिर आदर्श गाउँपालिका–१ बाँझककानीका लोगे विकको घर भत्किँदा चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृत्यु हुनेमा विककी श्रीमती, दुई छोरी र एक छोरा रहेको प्रहरीले जनाएको छ । विकसहित […]

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। विभिन्न तीन जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ६३१ पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा बागलुङ र तनहुँका २/२ जना र कास्कीका ४ जनामा संक्रमण […]

कक्षा १२ को परीक्षा विधिमै बहस, स्नातक पढ्न बाटो खोल्ने तयारी

काठमाडौँ  । कक्षा १२ को गत वैशाखमा स्थगित परीक्षाको निकास छिट्टै खोल्ने तयारी भइरहेको छ । स्थगित परीक्षा नहुँदा लाखौँ विद्यार्थी अन्योलमा परेको तथा यसबाट नेपालका सबै विश्वविद्यालयका सबै स्नातक तहका कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब छिट्टै टुङ्गो लगाइने भएको हो । यो विषयको निकास पाए विद्यार्थीलाई स्नातक तह अध्ययन गर्ने बाटो […]

आज कृष्णाष्टमी, भगवान् श्रीकृष्णको पूजा–आराधना गरिँदै

काठमाडौं । आज भाद्र कृष्ण अष्टमीका दिन भगवान् श्रीकृष्णको जन्म दिन मनाइँदै छ । आज कै दिन भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित गरिएको छ । भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । ‘‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः […]

भदौ १ देखि हुने भनिएको अन्तर्राष्ट्रिय उडानमा रोक

काठमाडौं । सरकारले भदौ १ गते देखि संचालनको तयारीमा रहेको अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा रोक लगाउने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रणको साटो थप बढ्दै गएपछि सरकारले यसअघिको निर्णय पुनर्विचार गर्दै उडान नखोल्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले सीमा नाका र उपत्यका प्रवेश गर्ने नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । नाकाबाट […]

ज्वाईलाई कोरोना लागेपछि ससुराली गाउँ पाँचथरको नवमीडाँडामा सरकारी सेवा बन्द

पाँचथर। ससुराली गएर फर्केका शशस्त्र प्रहरी जवानमा कोरोना संक्रमण भेटिएपछि पाँचथरको फाल्गुनन्द गाँउ पालिका १ नवमीडाँडा स्थित एकै परिवारका ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । एकसाता अघि ससुराली घर गएर फर्केका ती जवान सहित साउन २३ गते इलाम स्थित शसस्त्र प्रहरी गणका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नवमीडाँडाका ४ जनालाई क्वारेन्टाइनमा राखिएको हो । […]

प्रदेश १ मा कोरोना : ४२ नयाँ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार कोरोना भाइरसका ४२ जना संक्रमित थपिएका छन्। मोरङका १६, सुनसरीका १४, झापाका नौ, खोटाङ, धनकुटा र प्रदेश १ बाहिरका एकरएक जनामा सोमबार कोरोना देखिएको हो। प्रदेश १ मा एक हजार छ सय एक जनाको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएकोमा ६ महिला र ३६ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। […]

गौतम बुद्ध विमानस्थल चालु आर्थिक वर्षमै ‘अन्तर्राष्ट्रिय’ प्रमाणीकरण होला ?

काठमाडौं । सरकारले भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई चालु आर्थिक वर्ष २०७७/०७८ भित्रै अन्तर्राष्ट्रिय विमानस्थल प्रमाणीकरण गर्ने भएको छ। विमानस्थल निर्माणको काम गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९१ प्रतिशत भइसकेको छ। निर्माणको काम अन्तिम चरणमा पुगेसँगै सरकारले चालु आवभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विमानस्थल सञ्चालनको तयारीका लागि […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा