Lite Nepal

सोमबार, मंसिर १५, २०७७

विराटनगर । मुख्यमन्त्री शेरधन राईले अपांगमैत्री प्रदेश निर्माणमा आफू सचेत रहेको बताएका छन् ।

आइतबार स्पाइनल इन्जुरी भएका झापा, मोरङ र सुनसरीका १५ जनालाई ह्वीलचियर प्रदान गर्दै मुख्यमन्त्री राईले कानून, नीतिनियम निर्माण र बजेट तर्जुमा गर्दा अपांगमैत्री बनाउनु पर्नेमा प्रदेश सरकार सचेत रहेको बताए ।

‘यस आर्थिक वर्षमा अपांगताको क्षेत्रमा जति कार्यक्रम तय भएका छन्, आगामी वर्ष झनै प्रभावकारी बनाइने छ,’ उनले भने ‘अपांगमैत्री संरचना बन्नुपर्नेमा कुनै दुईमत छैन ।’

प्रदेशमा ह्वीलचियर आवश्यक पर्नेको तथ्यांक संकलन गरेर वितरणसमेत गर्ने प्रतिबद्धता कार्यक्रममा मुख्यमन्त्रीले जनाएका थिए ।

बालअपांग टेवा संस्थाले ह्वीलचियर उपलब्ध गराएको हो । सोही कार्यक्रममा स्पाइनल इन्जुरी भएका अपांगहरूको तर्फबाट मुख्यमन्त्री शेरधन राईलाई ध्यानआकर्षण पत्र प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं