भाइरल ज्वरोका बिरामी बढेपछि इलामका विद्यालय बन्द

इलाम – रुघाखोकी र ज्वरो बढेपछि इलामका बिद्यालयहरू बन्द गर्न थालिएका छन् । पछिल्ला दिन जिल्लाभरि नै रुघाखोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन् । केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो । पछिल्लो समय सूर्योदय नगरपालिकामा सञ्चालित पञ्चकन्या अङ्ग्रेजी विद्यालय र एभरल्यान्ड इन्टरनेशनल एकेडेमीमा बन्द गरिएको छ । एक साताका लागि विद्यालय […]

अछाममा पहिरोले घर पुर्‍यो, एकै परिवारका ३ को मृत्यु

अछाम – पहिरोले घर पुरिएर अछाममा ३ जनाको मृत्यु भएको छ। तुर्माखाँद गाउँपालिका-२ भुलुका अमर विष्टको घर पुरिँदा सुतिरहेका ३ जनाको मृत्यु भएको हो । उनका भाइ विरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको अछामका डीएसपी नारायण डागीले जानकारी दिए। उनका अनुसार काकी नैना विष्ट गम्भीर घाइते भएकी छन् । […]

विराटनगरमा भारतबाट आउँदै कार्गो रेल, आर्थिक व्ययभार घट्ने

विराटनगर – भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे अविलम्ब सञ्चालनमा आउने भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने जानकारी दिनुभएको हो । छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा […]

कर्णाली प्रदेशसभाको बैठक बस्दै

कर्णाली – करिब एक सातासम्म स्थगित भएको कर्णाली प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र) यही साउन ३ गते सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो । बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । यही साउन ४ गते बुधबार दिउँसो ३ बजे सभामुख शाहीको संयोजकत्व […]

कचनकवल घटना : धान रोप्न भन्दै हिँडेका ३ किशोरीको शव जब देखियो रूखमा, घटना शंकास्पद

झापा – कचनकवल–५ दल्ले गाउँ झापाकी १७ वर्षीया कल्पना कुमारी गणेश नजिकैको चिया बगानमा काम गर्थिन्। घरको आर्थिक अवस्था कमजोर थियो। परिवारको गुजरा चलाउन बुबालाई मदत गर्थिन्। शनिबारको दिन बगानमा काम गर्न जानुपर्दैन, बिदा हुन्छ। खाना खाएर दिउँसो १२ बजे छिमेकी साथी १६ वर्षीया करिना र १७ वर्षीया अञ्जलीसँग निस्किइन्। तीनै जना मिल्ने साथी हुन्। […]

तीन किशोरी झुण्डिएको अवस्थामा फेला, के भएको हो घटना ?

झापा – दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवलमा आज तीन किशोरी रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । कचनकवल–५ पाठामारीस्थित सुनकोसी चिया बगानको रुखमा झुण्डिएको अवस्थामा तीन जना किशोरी फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार कचनकवल–५ की १७ वर्षीया अञ्जली गणेश, १६ वर्षीया करिना गणेश […]

प्रदेश १ : प्रदेश प्रज्ञाप्रतिष्ठानसम्बन्धी विधेयक प्रस्ताव पेश

विराटनगर – प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले सो विधेयक पेश गर्नुभयो । विधेयकले प्रदेशका सबै भाषा, लिपी, कला र संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानमा मद्दत पु¥याउने विश्वास लिइएको छ […]

साझा धार्मिकस्थल पाथीभरा, जान झनै सजिलो, बोक्न नभुल्नुहोला क्यामरा

ताप्लेजुङ – पाथीभरा माताको नाम लिनसाथ कसको माथ नझुक्ला र ? अनि थोरैमा पनि जीवनमा एक पटक दर्शन गर्ने चाहना सबैको हुन्छ । दसैँको छुट्टी होर या अन्य जुनै समय समूद्र सतहबाट ३ हजार ७ सय ९४ मिटर उचाईमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा दर्शन गर्न जानेको लहर लामै हुन्छ । बिहानदेखि बेलुकासम्ममा दैनिकजसो १ हजारभन्दा […]

जब प्रदेश सांसद साँवाले संसदमै गुहार, गुहार भने…

विराटनगर – प्रदेश सांसद सर्वध्वज साँवाले आफूहरु घेराबन्दीमा परेको भन्दै संसदमै गुहार मागेका छन् । संसदलाई सम्बोधन गर्दै उनले सुरुमै ‘गुहार गुहार भन्न चाहन्छु’ भनेर आफ्नो भनाई सुरु गरेका थिए । उनले प्रदेश नामाकरणको सम्बन्धमा विभिन्न समुहहरुको दबाब र घेराबन्दीका कारण सांसदहरु असुरक्षित भएको समेत गुनासो गरेका छन् । उनले आफूहरुलाई बलिको बोको बनाइएको बताए […]

ताप्लेजुङ-पाँचथर सडक खण्डको पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण

ताप्लेजुङ – तीन वर्षअघि पहिरो झरेर करिब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभिर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ । राजमार्गभन्दा माथि जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ । पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सामात्रै सडक पार गरेर बगेको थियो । भत्किएको जमिनको बाँकी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा