काठमाडौं । राजेन्द्र महतोको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सर्वोच्च अदालतको आदेश बमोजि मंगलबारदेखि पदमुक्त भएका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री महतोको नागरिकता छानबिन गर्न माग गर्दै मंगलबार अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले अख्तियारमा उजुर हालेका हुन् । उपप्रधानमन्त्री भएलगत्तै ‘बहुल राष्ट्र’ को नारा अर्जाप्दै आएका […]
काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अदालतका पछिल्ला आदेशले एमाले एकताको अपरिहार्यतालाई जोड दिएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनले सर्वोच्चको आदेश एमाले एकताका लागि उत्प्रेरणा नै भएको दावी गरेका छन् । ‘बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’ उनले लेखेका छन् । मंगलबार सर्वोच्च […]
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । योसँगै वर्तमान मन्त्रिपरिषदका २० जना मन्त्री पदमुक्त भएका छन् । जेठ ७ गते संसद विघटन […]
विराटनगर । प्रदेश १ को प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को राजस्व र व्ययको अनुमानमाथिको छलफल सकिएको छ । दोस्रो दिनको छलफलमा सहभागी सांसदहरूले सरकारले ल्याएको बजेटसँग नीति तथा कार्यक्रमले तालमेल नखाएको बताएका छन् । उनीहरूले नीति तथा कार्यक्रममा एउटा आएको र बजेटमा अर्कै आएकाले बजेट कार्यान्वयनमा समेत आशंका व्यक्त गरे । ‘बजेट […]
विराटनगर । संघीय लिम्बुवान राष्ट्रिय मञ्चले झुक्याएर प्रदेशको नाम ल्याइए सरकारले क्षति व्यहोर्नुपर्ने बताएको छ । प्रदेश सभामा विशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्य विष्णुमाया तुम्बाहाम्फेले प्रदेश १ बहुजातीय, बहुभाषिक र बहुपहिचानसहितको प्रदेश भएकाले प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने बताइन् । नीति तथा कार्यक्रमको जवाफ दिने क्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को नामाकरण […]
विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सीमा क्षेत्रबाट भारत तर्फ हुने तेल तस्करी रोक्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । आइतबार विराटनगरमा झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका प्रमुख जिल्ला अधिकारीलाई राखेर मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् । ‘नेपालमा भन्दा भारतमा पेटोलियम पदार्थ महँगो छ, यहाँ आएर पुनः उता तस्करी हुने […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पु¥याउनु पर्ने बताउनुभएको छ । मनसुनको शुरुआत्सँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा भइरहेका विपद् […]
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निकर्ष छ । कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् । […]
ताप्लेजुङ । जिल्लाको सिरिजङ्घा गाउँपालिकाले प्रत्येक वर्ष एकजनालाई एमबीबीएस (डाक्टर) पढ्न छात्रवृत्ति दिने योजना ल्याएको छ । पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् ‘म स्वस्थ मेरो गाउँ स्वस्थ’ अभियान सञ्चालन गर्दै डाक्टर उत्पान गर्ने नीति लिएको हो । आमार्गी वर्षदेखि एमबीबीएस अध्ययनको प्रवेश परीक्षा उत्तिर्ण गाउँपालिकाभित्रका एक विद्यार्थीले वर्षिक १३ लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन् […]
काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासले सर्वोच्च अदालतमा जवाफ पठाएको छ। बिहीबार सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै शीतल निवासले संविधानको धारा ७६ (५) अनुसार केपी ओली र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न नसकेको उल्लेख गरेको छ। राष्ट्रपति कार्यालयको जवाफमा ओली र देउवालाई संविधानले नै प्रधानमन्त्री नियुक्त गर्ने बाटो खुला नगरेको उल्लेख गरिएको छ। राष्ट्रपतिको कार्यालयको […]