Lite Nepal

आइतबार, जेठ ०१, २०७९

काठमाडौं (लाईट नेपाल) – स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले मुलुककै ध्यान खिच्नुभएको छ ।

काठमाडौंमा शाहले मूलधारका पार्टी एमाले र कांग्रेसलाई पछि पारिरहेकाबेला विजयको अड्कलबाजी भइरहेको छ । काठमाडौंमात्र होइन, बालेनको जीतको चासो देशका विभिन्न भागमा परेको छ ।

खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का विजय फुयाल र रमेश खड्काले बालेनले जित्नेरनजित्नेमा बाजी मारेका छन् ।

जितेमा रमेशले २८ केजीको खसी दिने, नजितेमा विजयले २८ केजी बराबरको रकम दिने बाजी थापेका छन् ।

सहीछाप, दायाँबायाँ औंठा छाप गरेका उनीहरुसँग सुमन बास्तोला, सरोज खतिवडा र दिनेश आचार्य साक्षी छन् ।

काठमाडौँ महानगरमा बालेनको अग्रता कायमै
काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न १ बजे सर्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गर्नुभएको छ ।

नेकपा (एमाले)का केशव स्थापितले एक हजार १९९ र नेपाली कांग्रेसका सिर्जना सिंहले एक हजार ५७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले २४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले २३३ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा एमालेका सुनिता डङ्गोलले दुई हजार २३२, नेकपा ९एकीकृत समाजवादी० का रामेश्वर श्रेष्ठले ६४७ र राप्रपाका बिनिता मगैयाले ५४० मत प्राप्त गर्नुभएको छ । कामपा वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

मतगणनामा ढिलाइ कारण आलोचना हुन थालेपछि निर्वाचन कार्यालयले गणना केन्द्र थप गरेको छ । कार्यालयले एक केन्द्र थप गरी विभिन्न छ स्थानबाट मतगणना गर्न थालेको छ । कामपा वडा नं ३१ को गणना शुरु गरिएको छ । वडा नं ३२, १, २, ३ र ४ को गणना अन्तिम चरणमा रहेको र छिट्टै विजेता घोषणा गरिने कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा