विराटनगर । प्रदेश १ को प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले दोस्रो दिन पनि प्रदेश सभा अवरुद्ध गरेको छ । भौतिक पुर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले प्रदेश सभामा आइतबार दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्रका सोमबार पनि प्रदेश सभा अवरुद्ध गरेको थियो । भौतिक पुर्वाधार विकास तथा योजना मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भइरहँदा मन्त्री अम्बीरबाबु गुरुङले […]
विराटनगर । सोमबार बसेको प्रदेश १ प्रदेशसभा बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ । प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङले सदनमा उपस्थित भएर माफि माग्नु पर्ने भन्दै माओवादीले सदन अवरोध गरेको हो । बजेटका विषयमा सदनमा उठेको जवाफ दिने क्रममा आइतबार भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङले माओवादी केन्द्रका सांसद मोहन […]
विराटनगर । प्रदेश सभामा भौतिक पुर्वाधार मन्त्रालयको बजेटमाथिको विषयगत छलफलमा सत्तापक्षीय सांसद र मन्त्रीका बिचमा आरोप प्रत्यारोप चलेको छ । ओखलढुङ्गा निर्वाचन क्षेत्र (क)का निर्वाचित सांसद तथा सरकारका भौतिक पुर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ र (ख) का निर्वाचित सांसदबीच प्रदेश सभाभित्रै आरोप प्रत्यारोप भएको हो । एउटै जिल्लाको फरक निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरू यसअघि एकले अर्काको […]
विराटनगर । संघ र प्रदेश सरकारले शिक्षालाई उपेक्षा गरेको आरोप लागेको छ । प्रदेश नं. १ सभाको विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले स्थानीय तहबाट बाल विकासको तलब भुक्तानी गर्नुपर्ने व्यवस्थाले स्थानीय तहलाई अप्ठेरो पारेको बताए । संघीय सरकारको आगामी आर्थिक वर्षको बजेटमा बाल विकास केन्द्र शिक्षकलाई न्यूनतम १५ हजार […]
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । ७ […]
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रतिष्ठानमा देखिएका समस्या हल गरिदिन भन्दै इलाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । चिकित्सा शात्रका विद्यार्थीको सिकाइ अनि जनताहरूको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने र असर पर्ने मुद्दाहरूलाई द्रुत गतिमा छानविन गरी दोषी ठहर भए कारबाही गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्रीबाट निर्देशन भएमा प्रतिष्ठानले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाइने बताएका छन् । नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खोपको अभाव क्रमशः सुल्झँदै गएको समेत बताए । भर्चुअल माध्यममार्फत कार्यक्रमलाई सम्बोधन गरेका ओलीले अबका वर्ष यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट नभई प्रत्यक्ष भेटेर नै गर्न सकिने बताए । यस अगाडि […]
विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशको बजेट पुरानो जिल्ला विकास समिति (जिविस)को जस्तो अनुदानमा आधारित भएको बताएका छन् । प्रदेशसभा बैठकमा प्रस्तुत आर्थिक विधेयक २०७८ मा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री आङ्बुहाङले प्रदेशको बजेट केन्द्रको अनुदानमा चल्नुपर्ने पुरानो जिविसको जस्तो भएको बताए । ‘केन्द्रको अनुदानमा मात्रै टिकेर […]
विराटनगर । प्रदेश सरकारले ल्याएको आर्थिक विधेयक २०७८ पारित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ लिम्बुले पेश गरेको विधेयक छलफलपछि पास भएको हो । विधेयकमाथिको छफलमा भाग लिँदै जनता समाजवादी पार्टी संसदीय दल प्रदेश १ दलका नेता जयराम यादवले महत्वपूर्ण विधेयकमा कसैले चासो नदिएको बताए । दुई दिन बजेट छलफलमा भाग लिएर […]
काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ सुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले बहसका लागि १५ घण्टाको समयसीबारे कानुन व्यवसायीहरुलाई स्मरण गराएका छन् ।