सहमतिमै अध्यक्ष टुंग्याउने छलफल भइरहेको छ : घनश्याम भुसाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले महाधिवेशनबाट पार्टी नेतृत्व सहमतिमै टुंगो लगाउने गरी छलफल भएको बताएका छन् । पार्टी कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी नेतृत्व सहमतिमै टुंगो लगाउन छलफल भइरहेको बताएका हुन् । उनले भने, ‘हामी सहमतिको प्रयासका लागि छलफल जारी गरेका छौं।’ नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशन यही असार १६ गतेदेखि […]

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा तीन दलको छलफल

काठमाडौं– शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरू छन् ।

राजदूत फिर्ता बोलाइएकोमा एनपी साउदको आपत्ति

काठमाडौं– पूर्व परराष्ट्रमन्त्री तथा कांग्रेसका सांसद एनपी साउदले विभिन्न ११ मुलुकबाट सरकारले राजदूतहरु फिर्ता बोलाउँदा नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएको छन् । प्रतिनिधिसभा बैठकको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले सरकारले ११ जना राजदूत फिर्ता बोलाएको विषयले नेपालको कुटनीतिक र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वसनीयता घटेको भन्दै आपत्ति जनाएका हुन् । […]

सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक

काठमाडौं– गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटालाई प्रदेश सभा प्रवेशमा रोक लगाईएको छ । बिहीबार प्रदेश सभा बैठकमा सहभागी हुन पुगेका उनलाई मर्यादापालकहरुले प्रदेश सभाभित्र प्रवेश गर्न नदिएका हुन् । मुख्यमन्त्री सरेन्द्रराज पाण्डेलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएपछि उनलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको थियो । माओवादीले सांसदबाट हटाएपछि सर्वोच्च अदालतमा फणीन्द्रले रिट हालेका […]

सरकारको अनुमति लिएर खोलिएका उद्योग नवीकरण गर्नुपर्छ : महेश बर्तौला

काठमाडौं– नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारको अनुमतिबाट खोलिएका उद्योगहरू नवीकरण गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभामा लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उद्योगहरू नवीकरण गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘हामिले दुनियाँलाई नेपालमा आउ, लगानी गर, रोजगारी देउ, कर तिर भनिरहेको छौं । स्वदेशमा चलिरहेको उद्योग धन्दा र […]

एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप

काठमाडौं– नेकपा एकीकृत समाजवादीको महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्वका लागि दौडधुप जारी रहेको छ । अध्यक्ष माधवकुमार नेपाल अध्यक्षमा दोहोरिने इच्छा व्यक्त गरिरहँदा उनलाई वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन् । यसैबीच अध्यक्षको दौडमा रहेका खनाल र महासचिव भुसालले छलफल गरेका छन् । खनाल निवास डल्लुमा भएको छलफलमा मिलेर […]

वीरगन्जमा नेपाल–भारत खुला सीमा संवाद

वीरगन्ज– खुला सीमा नेपाल–भारतबीचको सुमधुर सम्बन्धको सेतु रहेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । नेपाल–भारत खुला सीमा संवाद समूह, पर्साको आयोजनामा वीरगञ्जमा बुधबारु ‘खुला सिमा– सुमधुर सम्बन्धको सेतु’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल–भारत खुला सीमा संवाद समूहका राष्ट्रिय अध्यक्ष डा.राजीव झाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै देशका अगुवाहरुको उपस्थिति रहेको थियो । […]

परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ उपविदेशमन्त्री वेइडोङबीच भेट

काठमाडौं– परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइडोङले बुधबार भेटवार्ता गरेका छन् । सो भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस अघि वेइडोङले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए । नेपाल भ्रमण सकेर उपविदेशमन्त्री वेइडोङ आजै स्वदेश फर्किएका छन् । […]

उपप्रधानमन्त्री महासेठले गरे मुग्लिन–पोखरा सडक अनुगमन

दमौली– उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको आज अनुगमन गरेका छन् । महासेठले मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि बन्दीपुर गाउँपालिका–१ डुम्रेसम्म अनुगमन गरेका हुन् । त्यस क्रममा महासेठले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिए । उनले पूर्वी खण्डको म्याद सकिएर पुनः थप […]

नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन- कांग्रेसलाई कसैले हराउन नसक्नेगरी काम गर्नुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा उनले सो निर्देशन दिएका हुन् । यस्तै चुनावमा हुने अन्तरघात हटाउन अहिलेदेखिनै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँड गर्नुपर्ने बताए । उनले भने, ‘पार्टीमा दण्ड […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा