Lite Nepal

सोमबार, फाल्गुण १९, २०८१

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा अढाई महिनादेखि उडान ठप्प छ । नेपाल वायु सेवा निगमका ट्वीनेटर जहाज ग्राउण्डेड भएपछि मंसिर अन्तिम सातादेखि सुकेटार विमानस्थल ठप्प भएको हो ।

निगमका २ वटा जहाज हुँदासम्म सातामा ५ दिन काठमाडौँ–ताप्लेजुङ उडान हुँदै आएको थियो । एउटा ग्राउण्डेड भएर एउटामात्रै चल्न थालेपछि सातामा एक उडान हुन थालेको थियो । त्यो उडानमा अशक्त, बिरामी जरुरी परेकाले प्राथमिकत पाउँथे । तर उडानै ठप्प भएपछि विरामी र अशक्त बढी मारमा परेका छन् ।

मंसिर २४ गतेपछि जिल्लामा उडान नभएको विमानस्थलका सहायक स्टेशन इन्चार्ज कुमार गुरुङले जानकारी दिए । ‘जहाज बन्यो भनेर दिनमा दुई चार जना सोध्न आइरहनु हुन्छ,’ गुरुङले भने, ‘केन्द्रमा सरहरूले अब चाँडै बनिएर आउँछ भन्नुहुन्छ हामीपनि सोध्नेलाई त्यही भनिरहेका छौं ।’

सुकेटारबाट जहाज चढ्न ताप्लेजुङबाहेक पाँचथरको याङवरक, हिलिहाङ र तेहृथुमको आठराई गाउँपालिकाका यात्र पनि पुग्ने गरेका थिए । अहिले ताप्लेजुङ सदरमुकामबाट जहाज चढ्न झापाको भद्रपुर वा मोरङको विराटनगर पुग्नुपर्छ । यहाँ पुग्न सदरमुकामबाट कम्तिमा आठदेखि नौ घण्टा लाग्छ ।

कच्ची सडकमा खाल्डाखुल्डी भएकाले यात्रुलाई सहज छैन । सुकेटार विमानस्थलमा नौ सय ५० मिटर कालोपत्रे धावन मार्ग छ । निजी कम्पनीका साना जहाजपनि बस्न सक्छन् । तर निजी कम्पनीले पनि उडानमा चासो देखाएका छैनन् ।

यहाँ सीता, तारा, समिट एयर लगायतका निजी कम्पनीले यसअघि उडान गरेका थिए । तर अफ सिजनमा उडाउने र पर्यटकीय सिजनमा केन्सील गरेपछि स्थानीयले विरोध जनाएका थिए । त्यसपछि क्रमश बन्द भयो । २०३३ सालमा निर्माण भइ सञ्चालनमा आएको विमानस्थल पचासको दशकमा पुग्दा पनि भरपर्दो हुन सकेको छैन ।

सदरमुकामबाट ८ किलोमिटर दुरीमा रहेको विमानस्थल कालोपत्रे भएपछि नियमित होला भन्ने आशा भएपनि त्यस्तो नभएको स्थानीय गुनासो गर्छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं