Lite Nepal

सोमबार, बैशाख ०८, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभराको दर्शनका लागि तीर्थयात्री बोकेर जाँदै गरेको जिपमा करेन्ट लागेर आगलागी हुँदा जीपमा सवार ४ जनाको घटनास्थलमानै मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

फुङ्लिङ बजारबाट तीर्थयात्री बोकेर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा सोमबार बिहान ४ः५० बजेतिर आगलागी भएको पत्रकार वसन्त लिम्बूले जानकारी दिएका छन् । उनका अनुसार बिजुलीको पोलबाट लत्रिएको तारले जिपमा छोएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।

घटनास्थल फुङ्लिङ नगरपालिका–१० तेर्सेमा पर्छ । घटनामा परेर जिप चालक फुङलिङ घर भएका ४५ वर्षीय दुर्गा भट्टराईसहित ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार आगोले जलेर ललितपुर घर भएकी ४५ वर्षीया सविना आचार्य (सन्ध्या) गम्भीर घाइते भएकी छन्, उनका ९ वर्षीय छोरा अभियव आचार्य सामान्य घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका इन्स्पेक्टर विवेक बस्नेतले घटनामा सविनकी छोरी १६ वर्षीया आध्या आचार्य, उनका मावलीतर्फका हजुरबुवा झापा भद्रपुर–१५ का ७० वर्षीय विनोद पौडेल, मावली हजुरआमा ६९ वर्षीया सरिता पौडेल तथा गाडी चालक फुङलिङ नगरपालिका–१० फुरुम्बुका ४५ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको जानकारी दिए ।

गम्भीर घाइते भएकी सविनाको शरीरको धेरै भाग जलेको छ । उनलाई हेलिकोप्टरमार्फत उद्धार गरेर थप उपचारका लागि लैजानुपर्ने अवस्था रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं