विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको वेबसाइट ह्याक भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयको वेबसाइट ह्याक भएको हो । उक्त वेबसाइटमा हन्टर उमेरले वेबसाइट ह्याक गरेको उल्लेख गरिएको छ । ह्याक भएपछि वेबसाइटमा लेखिएको छ, ‘विद्यार्थीहरु नतिजा परिवर्तनका लागि चिन्ता लिनु पर्दैन् । मात्र मसँग सम्पर्क गर्नुहोस् ।’ जसमा सम्पर्कका लागि ह्याकरको फेसबुक आईडीको लिंक […]
यदि तपाईंले सेयर कारोबारको लागि डिम्याट खाता खोल्नु भएको छ भने यो महिना खाता नवीकरण गर्ने समय हो । बैंक तथा ब्रोकरले असार मसान्त (आर्थिक वर्ष २०७७÷७८ को अन्त) सम्ममा डिम्याट खाता नवीकरण गरिसक्नु पर्ने सूचना जारी गरेका छन् । डिम्याट खाता हरेक आर्थिक वर्षको असार मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । यसरी गरेको नवीकरण […]
विराटनगर । मोरङ र सुनसरीमा रहेका दर्जनौँ खोलामा शनिबार बिहानबाट बाढी आउन थालेको छ। यसवर्ष मनसुन सुरु भएपछि पहिलो पटक खोलाहरुमा जलसतह बढेर वर्षकै ठूलो बाढी आएको हो। केही दिनदेखि निरन्तर एवं भीषण वर्षा भइरहेका कारण बाढी आएको जनाइएको छ। मोरङ र सुनसरीका बूढी, सेउती, केसलिया, लोहन्द्रा, गछिया, जौलाहा, बक्राहा लगायतका कैयौं खोलाहरुमा जलसतह बढेको […]
काठमाडौँ- मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा शुक्रबार मध्यरातिदेखि वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति पनि अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई […]
विराटनगर । युरोपमा फुटबलमा आज पनि क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क खेल्दैछन् भने दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् । चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९स्४५ बजे हुनेछ । चेक रिपब्लिक र डेनमार्क दुबै […]
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइन समेत सम्पन्न भइसकेको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग […]
एकचोटि हामीलाई पश्चिमको एउटा गाउँमा एक परिवारले ‘विशेष कार्यक्रम छ, आउनुपर्छ’ भनेर आग्रह गर्यो । उक्त परिवारलाई हामीले चिनेको दस वर्ष भएको थियो । कठोर मिहिनेत गरेर गरिबीबाट उक्सिन दस जनाको त्यो परिवारमा सबैले योगदान गरेका थिए । हामी खुसीसाथ त्यहाँ पुग्यौं । ढोकैमा लेखिएको रहेछ— “बेबी सावर” । के रहेछ यो भनेर गम्दै भित्र […]
पाँचथर । पाँचथरको राँके निवासी रवि नेम्वाङलाई घर अगाडिको राँके–रवि–भेँडेटार जोड्ने सडकले चाँडै काँचुली फेर्ने विश्वास थियो । किनकि प्रधानमन्त्री केपी शर्मा ओली स्वयं राँकेमा आएर सडक कालोपत्रेको शिलान्यास गरेका थिए । तर ३६ महिनामा निर्माण सम्पन्न गर्ने गरी प्रधानमन्त्रीले तामझामका साथ शिलान्यास गरेको ३० महिना बितिसक्दा सडकको अवस्था झन् हिँडिनसक्नु बनेको छ । भारतीय […]
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजका लागि सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको प्राङ्गणमा बसेको बैठक भोलि (शनिवार) दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको हो । आजको बैठकले माधव नेपाल पक्षलाई शेरबहादुर देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन २ दिनको अल्टिमेटम दिएको छ । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले […]
काठमडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा शुरु भएको छ । दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज भएपछि एमालेको यो पहिलो बैठक हो । तर आजको बैठकमा पनि बरिष्ठ नेता माधवकुमार नेपाल समूह अनुपस्थित भएको छ । उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् । माधव नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र […]