विराटनगर । बिहीबार साँझ ७ : ३५ बजे विराटनगर महानगरपालिका ४ स्थित विराटनगर विमानस्थलको नहरनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले दुई जना पैदल यात्रीलाई एकै पटक ठक्कर दियो । दुर्घटनामा परेर एक जनाको मृत्यू भयो भने अर्का एक जना गम्भीर घाइतेको नोबेल अस्पतालमा उपचार भइरहेको छ । भारतीय नागरिक ३५ […]
पाँचथर । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका फिदिमनगरपालिका ८ का दुईजना पुरुषको बिहीबार राति निधन भएको छ । रानिटार स्थितघुमाउने टारका अन्दाजी ७० वर्षीय वृद्ध र कागतेका अन्दाजी ६० वर्षीय पुरुषको निधन भएको वडाध्यक्ष सेरबहादुर नेम्बाङले जानकारी दिए । ‘दुवैजना मृतकमा कोरोनाको लक्षण देखिएको थियो,’ नेम्बाङले भने ‘उनीहरुका परिवारका अन्य सदस्य पनि बिरामी छन् ।’ […]
उदयपुर । उदयपुरको कटारी नगरपालिकामा १५ बर्षिया छोरी बलात्कार पछि बुबा फरार भएका छन् । गत मंगलबार घरमा कोही नभएको समयमा ३५ बर्षिय वुवाले छोरीलाई बलात्कार गरेको भन्दै बिहीबार आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए लगत्तै उनी फरार भएका हुन् । उनको खोजी कार्य जारी राखिएको डिएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनको भागेर […]
विराटनगर । मोरङको केराबारी गाउँपालिकाबाट प्रहरीले चार थान बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । केराबारी ३ का ३२ वर्षीय हस्तकुमार राईको हत्या गरि फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । राईसहित १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय बनतर्फ शिकार खेल्न गएकोमा जेठ ८ गते गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागेर […]
विराटनगर । उच्च अदालत विराटनगरले निषेधाज्ञाका बेला समस्यामा परेका विपन्न नागरिकलाई २४ घण्टाभित्र राहत उपलब्ध गराउन विराटनगर महानगरपालिका र १ नं. प्रदेश सरकारलाई आदेश दिएको छ । अधिवक्ता विनोद साहलगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश राजनप्रसाद भट्टराईको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । कोरोना महामारी नियन्त्रणका […]
उदयपुर । उदयपुरमा कोरोना भाइरसबाट एक सातामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई छोराको मृत्युकाको शोकमा रहेकै बेला बिहीबार बिहान ४ः२५ बजे रौतामाई गाउँपालिका ७ मुर्कुचीकी ७१ वर्षिया आमा तिलमाया मश्राङ्गी मगरको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए । दुई साताअघि कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएपछि गाईघाटस्थित मदन […]
विराटनगर । प्रदेश १ सरकारले ‘कोरोना जनसुरक्षा कोष’ मा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । यो सँगै अब प्रदेश १ को कोषमा २० करोड ५६ लाख ९१ हजार ५ सय ६ रुपैयाँ मौज्दात पुग्ने छ । कोषबाट अहिलेसम्म १७ करोड बढी रकम खर्च […]
विराटनगर । कोरोना महामारी र राजनीतिक विवादका कारण कानून अनुसार तोकिएको समयमा बजेट अधिवेशन आह्वान गर्न नसकेको प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनलाई संशोधन गर्दै छलफलको समय घटाउने भएको हो । जसका लागि प्रदेश सरकारको सिफारिसमा प्रदेशप्रमुखले बुधबार अध्यादेश जारी गरेका छन् । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले बजेटमाथिको पूर्वछलफल गर्ने अवधि घटाउन आर्थिक कार्यविधि ऐन, […]
तेह्रथुम । तेह्रथुमका एक वडासदस्य बहुविवाहको आरोपमा पक्राउ परेका छन् । आठराई गाउँपालिका ६ चुहानडाडाका वडासदस्य तेजबिक्रम कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो । वडा सदस्य कन्दङवाले कान्छि श्रीमती ल्याएपछि जेठि श्रीमती विष्णु कन्दङवाले प्रहरीमा जाहेरी दिएकी थिईन् । त्यसकै आधारमा प्रहरीले कान्छि श्रीमती हरीकला आचार्यसँगै कन्दङ्वालाई पक्राउ गरेको हो । वडा सदस्य कन्दङवाका जेठिबाट ३ […]
विराटनगर । प्रदेश १ सरकारले बजेट अधिवेशन बोलाउने तयारी गरेको छ । कोरोना महामारीकै बिचमा भए पनि बजेट ल्याउनुपर्ने बाध्यता भएकाले जेठको अन्तिम साता बजेट अधिबेशन बोलाउने तयारी गरेको हो । मंगलबार प्रदेशसभाको बजेट अधिवेशन बोलाउने विषयमा मुख्यमन्त्री शेरधन राईले विपक्षी दलसँग छलफल समेत गरेका छन् । मुख्यमन्त्री राईले जेठ २५ नभए २६ गतेतिर सुरु […]