मन्त्रिपरिषद विस्तारविरुद्ध सर्बोच्चको अन्तरिम आदेश : २० मन्त्रीको पद गुम्यो

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । योसँगै वर्तमान मन्त्रिपरिषदका २० जना मन्त्री पदमुक्त भएका छन् । जेठ ७ गते संसद विघटन […]

प्रदेश १ का सांसद भन्छन् :‘सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रममा तालमेल मिलेन’

विराटनगर । प्रदेश १ को प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को राजस्व र व्ययको अनुमानमाथिको छलफल सकिएको छ । दोस्रो दिनको छलफलमा सहभागी सांसदहरूले सरकारले ल्याएको बजेटसँग नीति तथा कार्यक्रमले तालमेल नखाएको बताएका छन् । उनीहरूले नीति तथा कार्यक्रममा एउटा आएको र बजेटमा अर्कै आएकाले बजेट कार्यान्वयनमा समेत आशंका व्यक्त गरे । ‘बजेट […]

भोलिदेखि खुल्दैछ यातायात व्यवस्था कार्यालय

काठमाडौं । यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने भएको छ । कोरोना संक्रमण तथा जोखिम न्यूनीकरणका लागि भन्दै बन्द भएको कार्यालय भोलीबाट खुल्ने भएको हो । काठमाडौँ उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई संसोधन गरेर निरन्तरता गर्ने निर्णय सँगै यातायात व्यवस्था कार्यालय खुल्न लागेको हो । कार्यालय खुलेसँगै भोलिदेखि चालक अनुमतिपत्रको नवीकरण र प्रतिलिपी, राजस्व संकलन […]

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षामा विद्यार्थीलाई पायक पर्ने केन्द्र रोज्न आह्वान

काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि पायक पर्ने केन्द्र रोज्न चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ । आयोगले आगामी १० गते परीक्षा केन्द्र सार्वजनिक गर्दै छ । परीक्षा केन्द्र सार्वजनिक हुनुअघि आयोगले सोमबार सूचना जारी गर्दै आफूलाई पायक पर्ने केन्द्र रोज्न आग्रह गरेको हो । कोरोना संक्रमण जोखिमको कारण चिकित्सा […]

ट्याक्टरबाट लडेर सहचालकको मृत्यु

उदयपुर । उदयपुर रौतामाई गाउँपालिका १ टाट्नेमा ट्याक्टरबाट लडेर सहचालकको मृत्यू भएको छ । मृत्यू हुनेमा रौतामाई ७ का ३२ बर्षीय तुल बहादुर केप्छाकी मगर रहेका छन् । हिजो दिउँसो १ बजे नेपाल टेलिकमको चित्रे टावरको सामान लिएर जाँदै गरेको स १ त ६८५८ नम्बरको ट्याक्टरबाट लडेर मगर घाईते भएका थिए । उनको बेलुका पौने […]

घरमा यी ६ चीज राख्नुहुँदैन, राखे पर्न सक्छ नराम्रो असर

विराटनगर । हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर पुग्छ । तल लेखिएका ६ कुरा बिर्सेर पनि घरमा नराख्नुहोला । १ नटराजको मूर्ति नटराज नृत्यकलाका देवता […]

काठमाडौंमा आजदेखि एक हप्ता थपियो निषेधाज्ञा थपियो, नयाँ आदेशमा के छ ?

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो । थप भएको निषेधाज्ञा आजदेखि असार १४ गतेसम्म लागू हुनेछ । औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा […]

रुसमाथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क युरोकपको नकआउट चरणमा प्रवेश

काठमाडौं । सुरुवाती दुई खेल हारे पनि रुसमाथि सनसनीपूर्ण जित हात पार्दै डेनमार्क युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘बी’ अन्तर्गत सोमबार राति भएको खेलमा रुसलाई ४(१ ले पराजित गर्दै डेनमार्क समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको हो । घरेलु मैदान पार्केन स्टेडियममा डेनमार्कलाई जित दिलाउन मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, […]

आउनुस् अब यौनका कुरा गरौं

डा. सुमनराज ताम्राकार : गत हप्ता मात्र मसँग दुईवटा ‘केस’ आए। दुईजना महिला थिए। एकजना १७, अर्काे १८ वर्षका। उनीहरू गाउँ क्षेत्रका थिए। दुवै ‘प्रिग्नेन्ट’ थिए। अस्पताल ल्याएपछि उनीहरूलाई व्यथा लाग्यो। पहिलो केस, महिलाले बच्चा जन्माइन्। उनी अविवाहित थिइन्। ‘डेलिभरी’ राम्रोसँग भयो, बच्चा स्वस्थ जन्मियो। अब ‘त्यो बच्चाको बाउ को हो’ भन्ने विवाद उठ्यो। डीएनए […]

डरलाग्दो डिप्रेसन, यसरी हुन्छ निदान

नेपाली युवा र्‍यापर यमबुद्धले आत्महत्या गरे । कारण, डिप्रेसन बताइयो । त्यस्तै, हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई डिप्रेसन भएको सार्वजनिक भयो । उनले औषधि सेवनबाट विस्तारै लाभ लिइरहेको बताए । यी दुई नेपाली कलाकारको स्वास्थ्य समस्यालाई मात्र आधार मान्दा आखिर डिप्रेसन के हो त ? भन्ने प्रश्न उठ्छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका मानसिक रोग विभाग प्रमुख प्राध्यापक […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं