Lite Nepal

आइतबार, आषाढ १२, २०७९

काठमाडौं – नेकपा एमालेका सांसद योगेश भट्टराईले पाठ्यपुस्तकको अभावमा ८० लाख विद्यार्थी पढ्न पाउने अवसरबाट वञ्चित भएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समय लिएर बोल्दै उहाँले सामुदायिक विद्यालयमा पढ्ने माध्यमिक तहका ८० लाख विद्यार्थीको शैक्षिक भविष्य अन्योल भएको बताउनुभयो ।

शैक्षिकसत्र सुरु भएको एक महिना १३ दिन पुगे पनि सामुदायिक विद्यालयमा पढ्ने ७५ प्रतिशत विद्यार्थीले पुस्तक अभावका कारण समस्या भोग्नुपरेको उनले उल्लेख गर्नुभयो ।

‘८० लाख विद्यार्थी माध्यमिक तहका छन्, जसले पुस्तक अभावका कारण स्कुल बंक गर्नुपर्ने अवस्था आएको छ,’ उहाँले भन्नुभयो, ‘पाठ्यपुस्तकको समस्या विगतका वर्षमा पनि थियो, अहिले पनि छ । म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

कक्षा–१ देखि ३ सम्म निजी क्षेत्रले पाठ्यपुस्तक छाप्ने सरकारी अनुमति भएकाले समस्या नभएको उनले बताउनुभयो । जनक शिक्षा सामग्रीले कक्षा–४ भन्दा माथिको पाठ्यपुस्तक छाप्ने भएकाले विद्यालय र विद्यार्थीको हातमा पुग्न नसकेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं