विराटनगरको नोबेल अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित एक महिलाको शनिबार राति मृत्यु भएको छ । झापाको गौरादह–५ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार महिलाको मृत्यु राति ११ स् ३० बजेतिर भएको हो । पीसीआर परीक्षण गराउँदा मंसिर २१ रिपोर्ट पोजिटिभ आएपछि महिलालाई […]

अमेरिकामा सोमबारबाट कोरोनाविरूद्धको खोप लगाइने

काठमाडौं । अमेरिकामा सोमबारबाट कोभिड(१९ विरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बीबीसीले जनाएको छ । पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्‍याइँदैछ । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ […]

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा पनि मूल्य बढाइएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार प्रतिलिटर पेट्रोल १०९ रुपैयाँ पुगेको छ […]

प्रदेश १ का पहाडी भेगमा वर्षाको पूर्वानुमान

काठमाडौं । पश्चिमी वायुको असरले पहाडी भेगका एकाध स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा आंशिक बदलीको अवस्था रहने छ । राति भने प्रदेश १ का पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबारबाट भने क्रमिकरूपमा मौसम […]

मोरङमा शिक्षक हत्या प्रकरण : प्रहरीले अझै भेटेन ‘हत्यारा’

विराटनगर । मोरङको मिक्लाजुङमा नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेकपाले सुराकीको आरोपमा हत्या गरेका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन्। मङलबार बिहान श्रेष्ठलाई अपहरण गर्दै आधा घण्टा परको जंगलमा पुर्‍याएर घाँटी रेटी हत्या गरेको अवस्थामा शव भेटिएको थियो । हत्या भएपछि प्रहरीले सक्रियताका साथ हत्यामा संलग्नको खोजी गरे पनि कोही पक्राउ […]

प्रदेश १ मा २ लाखको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी तथ्याङ्क संकलन तथा अनुगमन समितिका संयोजक डा. रविन्द्र निरौलाले जानकारी दिए । २ लाखको कोरोना परीक्षण […]

प्रदेश १ मा विप्लव समूहप्रति निर्मम बन्दै गृह प्रशासन, अब के हुन्छ ?

विराटनगर । शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यापछि मोरङको मिक्लाजुङ र आसपासका क्षेत्रमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनामा संलग्नको खोजी तीव्र पारेको छ । विशेष सर्च अभियान सञ्चालन गर्न मंगलबार रातिदेखि नै मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काको नेतृत्वमा प्रहरी खटिएको छ । सबै नाका शील गर्दै जंगल र ग्रामीण क्षेत्रमा विशेष अप्रेसन जारी राखिएको […]

कलंकीमा भएको जाममा ट्रक ब्रेक फेल, ८ सवारी साधनलाई सोर्दा १ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कलंकीमा ब्रेक फेल भएको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । नागढुंगाबाट कलंकीतर्फ आउँदै गरेको प्रदेश २ ०३००१ ख १४२० ट्रक कलंकीको कालिका पेट्रोल पम्प नजिक ब्रेक फेल हुँदा ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पुर्‍याएको छ । घटनास्थलमै मृत्यु हुनेको पुरुषको पहिचान नखुलेको […]

स्वास्थ्य मन्त्रालयले भन्यो : ‘अहिले नै स्कुल नखोल्नू’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले नै पठनपाठन कार्य सुरु नगर्न आग्रह गरेको छ। मुलुकका विभिन्न जिल्लामा विद्यालयस्तरीय कक्षा सञ्चालन भइरहेकामा मन्त्रालयले आपत्ति जनाएको छ। प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले मन्त्रालयको सिफारिसमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले निर्णय गरेपछि मात्र कक्षा सञ्चालन गर्नुपर्ने बताए। ‘आधिकारिक निकायले अनुमति नदिइकन कक्षा सञ्चालन गर्नु हुँदैन। घरमै बसिरहेका […]

प्रदेश १ मा कोरोना : १७५ संक्रमित थपिए, ४९ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १७५ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६१, मोरंगमा ५५, झापामा ३४, ताप्लेजुङमा ५, धनकुटा र संखुवासभामा २–२, खोटाङ, उदयपुर, इलाम र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इटहरीमा ३१, धरानमा १८, बर्जुमा ४, इनरुवा र रामधुनीमा ३–३, […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं