प्रदेश १ मा एकैदिन ५ सय ६० जना डिस्चार्ज, २ सय १८ संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ सय ६० जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ५ सय ४०, मेची अस्पतालबाट ७, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ५, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४–४ जा डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ७ सय ८७ […]

प्रधानमन्त्री ओली ७ गते ताप्लेजुङको घुन्सा जाँदै, सुरक्षा टोली विहीबारबाटै खटियो

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको हिमाली क्षेत्रको निरीक्षणका लागी निस्कने भएका छन् । मंसिर ७ गते ताप्लेजुङको पर्यटकिय क्षेत्र घुन्सामा आयोजना हुने एक कार्यक्रममा सहभागी भए सँगै प्रधानमन्त्री ओलीले जिल्लाको हिमाली क्षेत्रका बासिन्दाको जनजीवन बुझ्ने र सीमावर्ती क्षेत्रको निरीक्षण गर्ने छन् । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइका अनुसार प्रधानमन्त्री ओली ताप्लेजुङ आउने विषयमा […]

अब निःशुल्क कोरोना संक्रमितको उपचार नगर्ने अस्पताललाई कारवाही

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए। उनले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिँदै केही अस्पतालले अझै निःशुल्क उपचार नगरेको […]

छठ पर्वको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व छ : मन्त्री भट्टराई

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सूर्यको आराधना गरेर मनाईने छठ पर्वको प्रयोगात्मक रुपमा वैज्ञानिक महत्व रहेको बताएका छन् । विहीबार छठको शुभकामना सन्देश दिदै मन्त्री भट्टराईले प्रकृति र सभ्यताको अनुपम उदाहरण छठ पर्व भएको बताएका हुन् । ‘यस पर्वसँग हाम्रो मौलिक सांस्कृतिक पृष्ठभूमि मात्र जोडिएको छैन, मानव जीवन अस्तित्वसँग जोडिएको […]

ताप्लेजुङमा २६.१२ अर्ब लगानीमा तमोर–मेवा जलविद्युत् आयोजना बन्ने

ताप्लेजुङ । ताप्लेजुङमा २६.१२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीलाई स्वीकृतिसमेत दिइएको जनाइएको छ । मेवाखोलाको पानीसमेत तमोर नदीमा मिसाएर बनाइने सो आयोजनाको काम विसं २०७८ असोज महिनादेखि निर्माण शुरुआत हुने आयोजनाका प्रवद्र्धक भानेन्द्रकुमार लिम्बूले जानकारी दिए । […]

सरकारले ल्यायो खोप ल्याउन अध्यादेश

काठमाडौं । सरकारले कोरोना भाइरसलगायत संक्रामक रोगविरुद्ध खोप एवं औषधि आकस्मिक रूपमा उपयोग गर्न अध्यादेश ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद्को सिफारिसमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले खोप तथा औषधि खरिद सहज तुल्याउने उद्देश्यले अध्यादेश जारी गरिएको जानकारी दिए। विश्व बजारमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध […]

प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’

विराटनगर । प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाईन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरिएको हो । अनलाईन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई […]

प्रदेश १ मा पुनः बढ्न थाल्यो कोरोना, २४ घण्टामा थपिए ४ सय ४० संक्रमित

विराटनगर । प्रदेश १ मा बुधबार ४ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय २३, सुनसरीमा ८४, झापामा ६६, इलाममा १२, उदयपुरमा ११, संखुवासभामा ५, पाँचथरमा ४, धनकुटामा २, ताप्लेजुङ, ओखलढुङ्गा र भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ […]

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बै‌ठक बालुवाटारमा जारी छ। कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार बैठक बालुवाटारमा सुरु भएको हो। बुधबारका लागि तय भएको सचिवालय बैठक केही दिन पछि सार्न प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले गरेको प्रस्तावमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति नजनाएपछि निर्धारित समयमै बैठक सुरु भएको हो। […]

निजी ल्यावका रिपोर्ट, कसको गर्ने विश्वास, कसको नगर्ने ?

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तिमुढाका ४३ वर्षीय उपेन्द्रकुमार रायलाई कार्तिक २ गते ज्वरो र टाउको दुख्ने समस्या भयो । कोरोना भाइरस (कोभिड १९) को लक्षण मिलेपछि कार्तिक ४ गते विराटनगरस्थित कोशी अस्पतालको ल्याबमा कोरोना परीक्षणको लागि स्वाब दिएका थिए । तीन दिनपछि रिपोर्ट पोजेटिभ आयो । संक्रमण पुष्टि भएपछि उनि होम आइसोलेशनमा बसे […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं