Lite Nepal

बिहिबार, मंसिर ०४, २०७७
ताप्लेजुङको पर्यटकिय क्षेत्र घुन्सा

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको हिमाली क्षेत्रको निरीक्षणका लागी निस्कने भएका छन् ।

मंसिर ७ गते ताप्लेजुङको पर्यटकिय क्षेत्र घुन्सामा आयोजना हुने एक कार्यक्रममा सहभागी भए सँगै प्रधानमन्त्री ओलीले जिल्लाको हिमाली क्षेत्रका बासिन्दाको जनजीवन बुझ्ने र सीमावर्ती क्षेत्रको निरीक्षण गर्ने छन् ।

प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइका अनुसार प्रधानमन्त्री ओली ताप्लेजुङ आउने विषयमा मोखिक जानकारी आएकाले सुरक्षा व्यवस्था मिलाउन सुरु गरिएको छ ।

हेलिकोप्टरबाट घुन्सा पुग्ने प्रधानमन्त्री ओलिले घुन्सा फाउण्डेसनद्धारा घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाईको उद्घाटन गर्ने पहिलो कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्री ओली यसअघि मंसिर ५ गते आउने गरी तय भइ अन्तिम समयमा स्थगित भएको थियो ।

प्रधानमन्त्री ओली आउने कार्यक्रम तय भएपछि सुरक्षा प्रमुखसहितको टोली बिहीबार(आज) नै घुन्सातर्फको यात्रामा जान लागेको प्रजिअ चापागाईँले जानकारी दिए ।

प्रधानमन्त्री ओली घुन्सापछि इलामको सन्दकपुरसम्म जाने बताइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा