वीरगञ्ज– मधेश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । रासायनिक मल वितरण गर्दै आएका साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसँग यथेष्ट मल मौज्दात रहेको जनाउँदै मलको अभाव नहुने दाबी गरेका हुन् । रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत आयात गरेर अनुदानबापत कम […]
काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवन सङ्गिनी सीता दाहालको प्रथम स्मृति दिवसमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालसहित उनका परिवारका सदस्यहरूले सीता दाहालको तस्बिरमा पुष्पगुच्छा एवं माल्यार्पण गरे । श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, […]
काठमाडौं– नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था देखिएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताए । प्रहरीका अनुसार मनसुनका कारण अविरल वर्षापछि […]
काठमाडौं– महात्मा गान्धीले भनेका छन्, रिस एक क्षणको पागलपन हो । कुनै कुरामा चित्त नबुझ्दा मानिसलाई रिस उठ्छ । रिस एक प्राकृतिक प्रतिक्रिया पनि हो जसले केही कुरा ठीक छैन भन्ने संकेत गर्छ । आफूले सोचेको जस्तो भएन भने वा अरूबाट आफूले चाहेजस्तो व्यवहार पाइएन भने कुनै पनि व्यक्तिलाई रिस उठ्छ । रिस मानिसको सबैभन्दा […]
टीकापुर– गत वर्षको तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् । यसवर्ष एक हजार एक जना डेङ्गी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५ जना डेङ्गीबाट सङ्क्रमित भएका थिए । टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले दिएको जानकारीअनुसार गत वर्ष धनगढीमा १७३, लम्कीचुहामा ११३, बर्दगोरियामा ७२, टीकापुरमा ४० ,जानकीका चार, भजनीका पाँच […]
रौतहट– रौतहटमा अनौठो घटना प्रकाशमा आएको छ। आँप टिपेको विषयमा विवाद हुँदा दुई–चार थप्पड हानेको बदलामा योजना बनाएर एक जना किशोरको हत्या भएको छ । जिल्लाको दक्षिणभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकामा आँप टिपेको विषयमा भएको विवादमा १७ वर्षीय किशोरको हत्या भएको प्रहरीले खुलासा गरेको छ। घटनालगत्तै प्रहरीले गरेको अनुसन्धानपछि प्राप्त प्रमाणको आधारमा किशोरको हत्यामा […]
चितवन– पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी रुपमा खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा पूर्णरुपमा यातायात अवरुद्ध भएको थियो। अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार आवागमन दुईतर्फी नै सञ्चालन गर्न […]
जनकपुरधाम– जिल्लामा वन क्षेत्रको आठ सय ३७ हेक्टर जमिन अतिक्रमण भएको छ । पछिल्लो समय बस्ती तथा सडक विस्तारका कारण वन क्षेत्रको जमिन अतिक्रमण हुँदै गएको हो । जिल्लास्थित डिभिजन वन कार्यालयद्वारा आयोजित ‘वन अतिक्रमणको समस्या र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा वन अतिक्रमण प्रतिवर्ष बढ्दै गएको तथ्यांक कार्यालयले सार्वजनिक गरेको हो । तथ्यांक अनुसार […]
काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै भएको बताएका छन् । नेपाल विद्यार्थी संघ तारकेश्वर समितिले एसईई उत्तीर्ण विद्यार्थी तथा विद्यालयहरूको सम्मानमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । पूर्व अर्थमन्त्रीसमेत रहेका महतले पार्टी भनेको देश र जनताको सेवा गर्ने माध्यममात्रै हो भन्ने सोच सबैले आत्मसात गरेर […]
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई सत्तामा जानबाट रोक्नका लागि प्रचण्डले पहल गरिरहेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा बुधबार बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दा पनि राजीनामा नदिएर एमालेलाई सत्तामा जानबाट रोक्नका लागि पहल भइरहेको बताएका हुन् । उनले प्रचण्डको दोहोरो भूमिका र एमालेलाई कमजोर पार्ने […]