ताप्लेजुङका २५ घर परिवार बाढी पहिरोबाट विस्थापित

ताप्लेजुङ – ताप्लेजुङका विभिन्न गाउँका २५ घर परिवार बाढी पहिरोका कारण विस्थापित भएका छन् । बाढी पहिरोका कारण उच्च जोखिममा रहेका १३ र जोखिममा रहेका १२ गरी २५ घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सिरिजङ्घा गाउँपालिका–६ मामांखेका पाँच घर उच्च जोखिममा रहेका छन् । तीमध्ये चार परिवारलाई लक्ष्मी माध्यमिक विद्यालयमा राखिएको […]

सङ्खुवासभाको सभापोखरीलाई ग्रामीण पर्यटन क्षेत्रका रूपमा विकास गरिने

काठमाडौं– धार्मिक एवं पर्यटकीय सम्भावना बोकेको सङ्खुवासभाको सभापोखरी क्षेत्रलाई ग्रामीण पर्यटन क्षेत्रका रूपमा विकास गरिने भएको छ । तीन दशकदेखि नेपालका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धनका क्षेत्रमा क्रियाशील गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले पवित्र धार्मिकस्थल सभापोखरीलाई ग्रामीण पर्यटनका रूपमा विकास गर्न लागेको हो । उक्त क्षेत्रको पर्यटन विकासका लागि भिटोफ नेपाल नेतृत्वको टोली गत जेठ […]

राष्ट्रपति पौडेलद्वारा जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीमा जलवायु परिवर्तन र विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन्। उनले जर्मनीको पोट्सडामस्थित ती संस्थाहरूको अवलोकन गरेका हुन् । अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असरबारे अनुसन्धानका साथै असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन उनीहरूलाई […]

ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका ४ जनाको मृत्यु, २ घाइते

फुङ्लिङ (ताप्लेजुङ) । जिल्लाको फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका-२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका-२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो […]

मनसुन सुरुमै बाढी पहिरोको कहर : ताप्लेजुङमा पुल बगायो, संखुवासभामा घर

ताप्लेजुङ – मनसुन सुरु भएसँगै कोशी प्रदेशका पूर्वी पहाडी जिल्ला संखुवासभा र ताप्लेजुङ प्रभावित भएका छन् । सरकारी अधिकारीहरूले दिएका जानकारी अनुसार ती जिल्लाहरू वर्षाका कारण आएको बाढी, पहिरोका कारण डेढ सय बढी परिवार विस्थापित भएका छन् । संखुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा बाढी र पहिरोले ३ घर बगाएको छ भने करिब १२५ परिवार विस्थापित […]

भीम उपाध्ययको मिथ्या पोस्ट्

काठमाडौं – नेपाल सरकारका पूर्व सचिव हुन् भीम उपाध्यय । उनी आफूलाई सामाजिक अभियन्ता पनि भन्छन् । सामाजिक सञ्जालमा सामाजिक, राजनीतिक र समसामहिक कुरा लेखिरहने उनको पोस्टमा कमेन्ट र रियाक्ट पनि धेरै नै हुन्छ । तर, उनका अधिकांश पोस्ट्मा तथ्य सूचना हुँदै मिथ्या जानकारी दिइरहेका प्रसस्त उदाहरण भेटिन्छ । यसै मध्ये एक हो पछिल्लो दुईवटा […]

कतारी अमिरको भ्रमणमा खेलकुद र शिक्षा क्षेत्रका समझदारी पत्रमा हस्ताक्षर हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलि वैशाख ११ गतेदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी मङ्गलबार अपराह्न काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जाने भएका छन् । […]

‘कतारी अमिरको भ्रमणमा दक्षिण कोरियास्तरको पारिश्रमिकका लागि पहल गर्नुपर्छ’

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलि वैशाख ११ गतेदेखि नेपालको दुईदिने राजकीय भ्रमण गर्दै छन् । मध्यपूर्व एसियाबाट पहिलोपटक हुन लागेको यो उच्चस्तरको भ्रमणलाई नेपालले आफ्ना श्रमिकका हकहितमा उपयोग गर्नुपर्ने यस क्षेत्रका जानकारको सुझाव छ । कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत […]

कतारका राजा आउने भएपछि भोलि सार्वजनिक बिदा

काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिइन्। कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन्। यसअघि भारतीय […]

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्वीकृति लिनेमा ६४ हजार दुई सय ४१ जना पुरुष र छ हजार छ सय ९२ महिला रहेको वैदेशिक रोजगार […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं