मोरङमा पछिल्लो १२ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु

काठमाडौं । मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। यसरी मृत्यु हुनेहरुमा नोबेल शिक्षण अस्पताल विराटनगरमा चार, विराट मेडिकल कलेज बूढीगङ्गामा एक र म्याक्स इन्टरनेसनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरमा एक जनाको मृत्यु भएको हो। नोवेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारीकी ६६ वर्षीया महिला, झापा विर्तामोडका ७५ वर्षीय […]

प्रदेश १ मा कोरोना : २४ घण्टामा २ सय २२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शनिबार २ सय २२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थपिनेमा मोरङमा १ सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय ५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि […]

करेन्ट लागेर एक महिलाको मृत्यु

उदयपुर । उदयपुर त्रियुगा नगरपालिका २ खैजनपुर बस्ने ३८ बर्षीया रिता बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे खेतमा पानी लगाउनका लागी मोटर चलाउने क्रममा अचानक करेन्ट लाग्दा रिता वेहोस भएकी थिईन । वेहोस भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

झापाको हल्दिबारीबाट १ लाख मुल्य बराबरको पटका बरामद

झापा । झापाको मेचीनगर नगरपालिका १५ हल्दिबारी क्षेत्रबाट एक लाख मुल्य बराबरको अतिसबाजी (पटका) प्रहरीले बरामद गरिएको छ । पटकाहरु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ साढे ७ बजे एक लाख मुल्य बराबरको विभिन्न ब्राण्डका अतिसबाजी (पटका)हरु बरामद गरेको हो । लुकाई छिपाई राखीएको […]

सार्वजनिक सवारीमा यात्रुले देख्ने गरी भाडादर नटाँसे कारबाहि

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा कारबाही गर्ने भएको छ। शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा टाँसेको र आज पनि उक्त अभियानलाई निरन्तरता दिइरहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सार्वजनिक सवारी साधनले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई […]

आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, महाधिवेशन सार्ने तयारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न १ बजे बस्ने कांग्रेसले जनाएको छ। पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको छ।कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं […]

भारतमा थप ४९ हजार जनामा संक्रमण

काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ८० लाख ८८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४९ हजार २८१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७३ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ९५ हजार १७ जनाको उपचार भइरहेको छ […]

प्रदेश १ मा कोरोना : विहीबार १ सय ३४ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा विहीबार १३४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५७, मोरंगमा ४२, झापामा ३१, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा […]

रवि लामिछाने दम्पतीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस संक्रमण देखिएको छ । आफू र पत्नी निकितालाई संक्रमण भएको लामिछानेले बिहीबार सामाजिक संजालमार्फत जानकारी दिएका छन्। मंगलबार रातीबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर परीक्षण गराउँदा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले जनाएका छन्। ुगत मंगलबार रातीबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, […]

प्रहरीले भन्यो : नग्न तस्बिर माग्नेसँग सचेत हुनु

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले सूचना जारी गरी सतर्क […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा