जनकपुरधाम । धनुषा जिल्लामा पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालतको पछिल्लो तथ्यांकले सामाजिक संरचना, बसाइसराइ, आधुनिक जीवनशैली, आर्थिक अवस्थाका कारण सम्बन्ध विच्छेदको घटना बढेको देखाएको हो । अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदसम्बन्धी ३३३ वटा मुद्दा दर्ता भएका थिए । अघिल्लो आर्थिक वर्षबाट सरेर आएका […]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । उनले जलघाँटी पुनः खोल्ने विषयमा अमेरिका, इरान र ओमानबीच वार्ता सकारात्मक दिशामा अघि बढिरहेको बताउँदै सम्झौता एक–दुई दिनभित्र हुन सक्ने विश्वास व्यक्त गरेका छन् । क्यालिफोर्निया भ्रमणका क्रममा फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले हर्मुज जलघाँटी […]
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा झडपका घाइते २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएपछि उत्पन्न तनाव अझै साम्य हुन सकेको छैन । मृतकको घर अगाडि र मुख्य सडकमा स्थानीय बासिन्दाहरूले रुखका मुढा तेर्स्याएर बाटो अवरुद्ध गरेपछि कप्तानगन्ज बजार पूर्ण रूपमा ठप्प बनेको छ । त्यसै गरी, छिमेकी बजार देवानगन्ज […]
झापा । सामुदायिक विद्यालयलाई सुरक्षित र दुर्व्यसनमुक्त बनाउने उद्देश्यसहित झापाको बाह्रदशी गाउँपालिकामा सिसी क्यामेरा जडान अभियान सुरुआत गरिएको छ । विद्यालय परिसरमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्दै विद्यार्थीका लागि सुरक्षित वातावरण निर्माण गर्ने लक्ष्यसहित अभियान थालिएको हो । अभियानको पहिलो चरणअन्तर्गत मंगलबार बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीस्थित भगवती आधारभूत विद्यालयमा सिसी क्यामेरा जडान गरिएको छ । विद्यालय […]
विराटनगर । जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार श्रावण १९ गते साँझ धनकुटा नगरपालिका–१ हिले बजार नजिक शङ्कास्पद रूपमा हिँडिरहेका पाख्रिबास नगरपालिका–७ मुगा टोलका २२ वर्षीय हरि तामाङलाई प्रहरीले जाँच गरेको थियो । जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी हिलेको संयुक्त टोलीले […]
विराटनगर । एमाले उपमहासचिव योगेश भट्टराईले फेसबुक मार्फत पार्टी कार्यालय र नेताको निवास विश्वासको केन्द्र हुनुपर्ने बताएका छन् । ‘पार्टी कार्यालय र नेता (अगुवा) का निवासहरु दु:ख साट्ने, सुख बाड्ने, प्रेमिल अनि भरोसा र विश्वासको केन्द्र बन्नुपर्दछ,’ भट्टराईले लेखेका छन्, ‘जहाँ पारिवारिक र कमरेडली बातावरणमा छलफ हुन सकोस् । नत्र दु:ख पर्दा जाने कहाँ ?’ […]
चितवन । चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा नयाँ जंगली हात्ती देखिन थालेको छ । झन्डै दुई सातादेखि अन्दाजी १८/१९ वर्षको जंगली हात्ती देखिन सुरु गरेको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार हात्ती सौराहाको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ । केही दिनअघि हात्ती प्रजनन केन्द्र पुगेको यस हात्तीलाई त्यहाँ आउने अन्य जंगली […]
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ४ हजार २ सयले बढेर तोलाको २ लाख ८८ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८३ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ […]
विराटनगर । नेपाल सरकारले नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलमलाई नियुक्त गरेको छ। नवनियुक्त अध्यक्ष आलमले बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । परिषद्को अध्यक्ष नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारमध्ये छनोट प्रक्रियापछि आलमलाई अध्यक्षमा नियुक्त गरिएको हो। शपथ ग्रहणपछि मन्त्री मेहताले नेपाल फार्मेसी परिषद्लाई […]
विराटनगर । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । सर्लाहीको पर्सा गाउँपालिका–६ स्थित सीमा ईलाकाबाट मंगलबार सशस्त्र प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २३ वर्षीय असपाक साह र महोत्तरीको श्रीपुर नगरपालिका–४ बस्ने ४६ वर्षिय साजन मुखिया रहेका सशस्त्र प्रहरी निरीक्षक दिलकुमार […]