
चितवन– मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जादा सडक एकतर्फी सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुंगा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र करिब एक घण्टामा सडक दुईतर्फी सुचारु हुने जानकारी दिएको छ ।
काठमाडौं– परराष्ट्रमन्त्री नारायाणकाजी श्रेष्ठसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र चीनका उपविदेशमन्त्री सुन वेइडोङले बुधबार भेटवार्ता गरेका छन् । सो भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस अघि वेइडोङले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए । नेपाल भ्रमण सकेर उपविदेशमन्त्री वेइडोङ आजै स्वदेश फर्किएका छन् । […]
दमौली– उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाको आज अनुगमन गरेका छन् । महासेठले मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि बन्दीपुर गाउँपालिका–१ डुम्रेसम्म अनुगमन गरेका हुन् । त्यस क्रममा महासेठले आयोजनाको प्रगतिबारे चासो राख्दै बाँकी कामलाई तीव्रता दिन निर्देशन दिए । उनले पूर्वी खण्डको म्याद सकिएर पुनः थप […]
बेलबारी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतनामा प्रत्यक्ष रुपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिंगरका साथै हरिणलगायत पशुपन्छीले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेको हो । दुई प्रजातिका वेत वनस्पतीको जंगल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना […]
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई कसैले पनि हराउन नसक्नेगरी जनस्तरमा काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । आज नवलपरासीको परासीमा पार्टीका नेता तथा कार्यकर्तासँगको अन्तरक्रियामा उनले सो निर्देशन दिएका हुन् । यस्तै चुनावमा हुने अन्तरघात हटाउन अहिलेदेखिनै योग्यता र क्षमताका आधारमा पदीय जिम्मेवारीको बाँडफाँड गर्नुपर्ने बताए । उनले भने, ‘पार्टीमा दण्ड […]
काठमाडौं– क्रिएशनसँगको सहकार्यमा १२ विद्यालयले आज आफ्ना विद्यालयमा वेस्ट स्मार्ट क्लब (डब्लुएससी) स्थापना गर्न लागेका छन् । बागमती र मधेश प्रदेशका ६ स्थानीय तहका १२ विद्यालयहरूले वेस्ट स्मार्ट क्लब स्थापना गर्न लागिएको हो । वेस्ट स्मार्ट क्लबका लागि छनौट भएका विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरूलाई क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजना (नेपालका नदीहरूमा प्लास्टिक चुहावट रोक्न […]
लुम्बिनी– बुटवल उपमहानगरपालिका–८ स्थित मिलन चोकमा रहेको डेल्टा कम्प्लेक्स मार्टमा बिहीबार साँझ भएको आगलागीबाट ५० करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । कम्प्लेक्सका सञ्चालक पाठकका अनुसार क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको छ भने आगलागीबाट ५० करोड रुपैयाँ बढीको क्षति भएको प्रारम्भिक अनुमान छ । बिहीबार साँझ लागेको आगो राति २ बजे […]
काठमाडौं– वैदेशिक रोजगारमा पोर्चुगल पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-१६ बौद्ध नयाँबस्ती बस्ने ३४ वर्षीया गोमा रानी थोकरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । थोकरले आकर्षक तलबको प्रलोभन देखाई २ जना पीडितहरूबाट १० लाख ३६ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको […]
काठमाडौं– काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा आर्थिक वर्ष २०८१/८२ का लागि विभागहरूले प्रस्ताव गरेका कार्यक्रम र वार्षिक बजेटका विषयमा छलफल भइरहेको छ । विभागले विषयगत समितिमा छलफल गरेर छलफलका लागि बजेट तथा कार्यक्रम पेश गरेका हुन् । बैठकमा विषयगत समितिका संयोजकहरु थिए । प्रस्तावमाथि सबै वडाध्यक्षको पृष्ठपोषण लिनका लागि आज सबै वडाध्यक्षहरूलाई छलफलमा आमन्त्रण […]
काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको छ । शुक्रबार आज बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो । गत आइतबार बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयोगको आयुक्तमा सिफारिस गरेको थियो ।