कस्तो रहला आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको […]

आज समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र दिइँदै

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित भएका ११० सांसदलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ । आयोगले गत सोमबार ११० जना समानुपातिक सांसदको सूची सार्वजनिक गरेको थियो । सार्वजनिक विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५७, नेपाली काँग्रेसबाट २०, नेकपा एमालेबाट १६, नेपाली कम्युनिष्ट पार्टीबाट ९, श्रम संस्कृति […]

गगनले दिए सभापतिबाट राजीनामा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थापाले बुधबार नै उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गरे । उनले निर्वाचन परिणामपछि […]

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यमका रूपमा अपनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट लाखौँ आम्दानी गर्दै आएका छन् । रुद्राक्ष व्यवसायी संघका केन्द्रीय अध्यक्ष मनोज चापागाईंका अनुसार भोजपुरमा रुद्राक्ष कारोबारबाट वार्षिक रु एक अर्बको हाराहारीमा रकम भित्रिने गरेको […]

मन्त्री श्रद्धा श्रेष्ठले सार्वजनिक गरिन १०० दिनका उपलब्धी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले १०० दिनको उपलब्धि सार्वजनिक गरेकी छिन् । उनले जेनजी आन्दोलनपछि गठन भएको नागरिक सरकारमा मन्त्रीका रुपमा आफूले गरेको काम र उपलब्धि सार्वजनिक गरेकी हुन् । मन्त्री श्रेष्ठले आफूले मन्त्रालयको काम कारबाहीलाई सेवाप्रवाह र प्रणालीगत सुधार दुई भागमा विभाजन गरी ६ वटा क्षेत्रमा केन्द्रित भइ काम गरेको […]

अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण : ४०० को मृत्यु, २५० बढी घाइते

काठमाडौं । पाकिस्तानले अफगानिस्तानमा गएराति हवाई आक्रमण गरेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाको लडाकु विमानले राजधानी काबुलका धेरै क्षेत्रहरूलाई निशाना बनाएको हो । आक्रमणमा ४०० जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन् । रिपोर्टका अनुसार दारुल अमन, अर्जन किमत, खैरखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल वरपर धेरै ठाउँहरूमा विस्फोट र […]

हावाहुरीले उदयपुरको कटारीमा २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा […]

चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लागेको बाँकी भू–भागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको भइरहेको छ । […]

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत कृष्णबहादुर राउतका अनुसार यही चैत ५ गते बिहान ११ः३० बजे आयोग परिसरमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ । राजनीतिक दलको तर्फबाट छनोट भई पेस भएका उम्मेदवारको विवरण आयोगले सार्वजनिक गर्दै […]

दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प

दुबई । दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सोमबार बिहान ड्रोन आक्रमण भएपछि एक इन्धन ट्याङ्कीमा भीषण आगलागी भएको छ। विमानस्थल नजिकैको क्षेत्रमा भएको यस आक्रमणपछि सुरक्षालाई ध्यानमा राख्दै अधिकारीहरूले उडान सेवा अस्थायी रूपमा बन्द गरेका छन्। ड्रोन प्रहार लगत्तै ठुलो आवाजसहित आगोको लप्का देखिएपछि यात्रु र कर्मचारीहरूमा त्रास फैलिएको थियो। दुबई मिडिया अफिसका अनुसार आक्रमण लगत्तै […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं