प्रदेश १ का अर्थमन्त्रीनै भन्छन् ‘प्रदेशको बजेट पुरानो जिविसको जस्तो’

विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशको बजेट पुरानो जिल्ला विकास समिति (जिविस)को जस्तो अनुदानमा आधारित भएको बताएका छन् । प्रदेशसभा बैठकमा प्रस्तुत आर्थिक विधेयक २०७८ मा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री आङ्बुहाङले प्रदेशको बजेट केन्द्रको अनुदानमा चल्नुपर्ने पुरानो जिविसको जस्तो भएको बताए । ‘केन्द्रको अनुदानमा मात्रै टिकेर […]

प्रदेश १ : आर्थिक विधेयक २०७८ पारित, महत्वपूर्ण विधेयकमा कसैले चासो नदिएको जसपा नेताको भनाई

विराटनगर । प्रदेश सरकारले ल्याएको आर्थिक विधेयक २०७८ पारित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङ लिम्बुले पेश गरेको विधेयक छलफलपछि पास भएको हो । विधेयकमाथिको छफलमा भाग लिँदै जनता समाजवादी पार्टी संसदीय दल प्रदेश १ दलका नेता जयराम यादवले महत्वपूर्ण विधेयकमा कसैले चासो नदिएको बताए । दुई दिन बजेट छलफलमा भाग लिएर […]

संसद विघटन मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ सुरु भएको छ । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले बहसका लागि १५ घण्टाको समयसीबारे कानुन व्यवसायीहरुलाई स्मरण गराएका छन् ।

राजेन्द्र महतोको नागरिकता छानविन गर्न अख्तियारमा पर्यो उजुरी

काठमाडौं । राजेन्द्र महतोको नागरिकता छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सर्वोच्च अदालतको आदेश बमोजि मंगलबारदेखि पदमुक्त भएका उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री महतोको नागरिकता छानबिन गर्न माग गर्दै मंगलबार अधिवक्ताहरु वीरभद्र जोशी, तुलसीराम पराजुली र अनिता बजगाईंले अख्तियारमा उजुर हालेका हुन् । उपप्रधानमन्त्री भएलगत्तै ‘बहुल राष्ट्र’ को नारा अर्जाप्दै आएका […]

अदालतको आदेशमा योगेशको टिप्पणी : ‘बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले अदालतका पछिल्ला आदेशले एमाले एकताको अपरिहार्यतालाई जोड दिएको बताएका छन् । मंगलबार सामाजिक सञ्जाल ट्विटरमा उनले सर्वोच्चको आदेश एमाले एकताका लागि उत्प्रेरणा नै भएको दावी गरेका छन् । ‘बुझ्नु पर्नेहरुलाई यो एउटा पाठ हो । भन्छन् नि बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड’ उनले लेखेका छन् । मंगलबार सर्वोच्च […]

मन्त्रिपरिषद विस्तारविरुद्ध सर्बोच्चको अन्तरिम आदेश : २० मन्त्रीको पद गुम्यो

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । योसँगै वर्तमान मन्त्रिपरिषदका २० जना मन्त्री पदमुक्त भएका छन् । जेठ ७ गते संसद विघटन […]

प्रदेश १ का सांसद भन्छन् :‘सरकारले ल्याएको बजेट र नीति तथा कार्यक्रममा तालमेल मिलेन’

विराटनगर । प्रदेश १ को प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को राजस्व र व्ययको अनुमानमाथिको छलफल सकिएको छ । दोस्रो दिनको छलफलमा सहभागी सांसदहरूले सरकारले ल्याएको बजेटसँग नीति तथा कार्यक्रमले तालमेल नखाएको बताएका छन् । उनीहरूले नीति तथा कार्यक्रममा एउटा आएको र बजेटमा अर्कै आएकाले बजेट कार्यान्वयनमा समेत आशंका व्यक्त गरे । ‘बजेट […]

सदनमा संघीय लिम्बुवान राष्ट्रिय मञ्चको चेतावनी : ‘झुक्याएर प्रदेश १ को नाम ल्याए सरकारले क्षति भोग्नुपर्ला’

विराटनगर । संघीय लिम्बुवान राष्ट्रिय मञ्चले झुक्याएर प्रदेशको नाम ल्याइए सरकारले क्षति व्यहोर्नुपर्ने बताएको छ । प्रदेश सभामा विशेष समय लिएर बोल्दै प्रदेश सभा सदस्य विष्णुमाया तुम्बाहाम्फेले प्रदेश १ बहुजातीय, बहुभाषिक र बहुपहिचानसहितको प्रदेश भएकाले प्रदेशको नाम पहिचानका आधारमा हुनुपर्ने बताइन् । नीति तथा कार्यक्रमको जवाफ दिने क्रममा मुख्यमन्त्री शेरधन राईले प्रदेश १ को नामाकरण […]

आपूर्तिमन्त्री यादवले पाँच जिल्लाका प्रजिअलाई विराटनगरमा दिएन यस्तो निर्देशन

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री राजकिशोर यादवले सीमा क्षेत्रबाट भारत तर्फ हुने तेल तस्करी रोक्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् । आइतबार विराटनगरमा झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहाका प्रमुख जिल्ला अधिकारीलाई राखेर मन्त्री यादवले यस्तो निर्देशन दिएका हुन् । ‘नेपालमा भन्दा भारतमा पेटोलियम पदार्थ महँगो छ, यहाँ आएर पुनः उता तस्करी हुने […]

राष्ट्रपतिको आग्रह ‘विपद् जोखिम न्यूनीकरणमा विशेष ध्यान दिनु’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पु¥याउनु पर्ने बताउनुभएको छ । मनसुनको शुरुआत्सँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा भइरहेका विपद् […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा