धनकुटा । कोरोना संक्रमण तिव्र भएपछि स्थानीय प्रशासनले बुधबार मध्य रातिदेखि धनकुटा नगरपालिका क्षेत्रमा निषेध आदेश जारी गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) धनकुटाको बुधबार साँझ बसेको बैठकले आगामी वैशाख मसान्तसम्म निषेध आदेश जारी गरेको हो । डीसीसीएमसीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालका अनुसार तोकिएको समय बाहेक सम्पूर्ण व्यवसाय […]
विराटनगर । यसपालीको मनसुनका समयमा मुलुकका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती प्रदशेका अधिकांश स्थानमा तथा प्रदेश नं १ को मध्य तथा पश्चिम पहाडी, हिमाली भूभागमा सदरदभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। त्यहाँ ३५ देखि ६५ प्रतिशत वर्षा हुने […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे । कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने निर्णय गरेकै भोलिपल्ट बुधबार ओली सहयोगीहरूका साथ देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । उनले लामो पृष्ठभूमिका […]
विराटनगर । प्रदेश १ मा बुधबार ५ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ९६, झापामा १ सय ७८, सुनसरीमा १ सय १, धनकुटामा २२, इलाममा १७, संखुवासभामा ८, उदयपुर र भोजपुरमा ४–४, पाँचथरमा ३, खोटाङ, ताप्लेजुङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका ४१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले […]
विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा खटिएका चिकित्सक सहित अन्य कर्मचारीको निधन भए २५ लाख रुपैयाँ क्षतिपूर्ति रकम परिवारलाई दिने भएको छ । बुधबार बसेको प्रदेश १ मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी प्रदेश सरकारबाट सो रकम दिने निर्णय गरेको हो । प्रदेश […]
ताप्लेजुङ । ताप्लेजुङमा बुधबार ३२ जनामा कारोना भाइरस पुष्टि भएको छ । १ सय ८३ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १४ महिला र १८ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । ताप्लेजुङका कोभिड फोकल पर्सन प्रतिमा खरेलका अनुसार २ जनाको रिपोर्ट आउन बाँकी छ । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५१ जना पुगेको खरेलले बताइन् । […]
विराटनगर । तीव्र गतिमा रहेको ट्रकले ठक्कर दिँदा विराटनगर महानगरपालिकाको बरगाछीमा रहेको आइलन (स्तम्भ) मंगलबार राति भाँचिएको छ । ना ७ ख १४३७ नम्बरको खाली ट्रकले ठक्कर दिँदा रड, सिमेन्ट र इँटा प्रयोग गरेर नौ वर्षअघि बनाइएको आइलन भाँचिएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार तीव्र गतिमा रहेको ट्रक सिधै ठोक्किँदा आइलन […]
विराटनगर । प्रदेश १ मा मंगलबार ६ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २ सय ६६, झापामा १ सय ६६, सुनसरीमा १ सय २७, उदयपुरमा ११, इलाममा ४, ताप्लेजुङ, खोटाङ, संखुवासभा र धनकुटामा २÷२ र प्रदेश १ बाहिरका २९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ९० महिला […]
विराटनगर । दैनिक २ सय बढी संक्रमित महानगर क्षेत्रमै भेटिन थालेपछि विराटनगरले कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पीसीआर परीक्षण सुरु गरेको छ । यस अघि पहिलो चरणको कोरोना संक्रमणमा स्वाव संकलन दैनिक गराएको महानगरले दास्रो चरणको महामारीको हालसम्मको अवस्थामा कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब संकलन गरेको थिएन । कोरोना रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन महानगरले प्रत्येक वार्डलाई लक्षित […]
विराटनगर । उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीलाई ज्यान मार्ने धम्की आएको छ। प्रहरीका अनुसार गत २९ अप्रिलमा आपतकालीन सेवाका लागि बनाइएको ११२ मा म्यासेज गरेर ज्यान मार्ने धम्की दिइएको हो। उनले पाँच दिनभित्र मुख्यमन्त्रीलाई मारिदिने चेतावनी दिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। उनले प्रहरीलाई चेतावनी दिँदै भनेका छन्( मलाई जे गर्न सक्छौं गर। यस्तो म्यासेज आएपछि लखनउको […]