Lite Nepal

आइतबार, साउन ०८, २०७९

विराटनगर – प्रदेश प्रज्ञाप्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ आज प्रदेश सदनमा पेश भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले सो विधेयक पेश गर्नुभयो । विधेयकले प्रदेशका सबै भाषा, लिपी, कला र संस्कृतिसम्बन्धी अध्ययन र अनुसन्धानमा मद्दत पु¥याउने विश्वास लिइएको छ ।

‘प्रदेश सञ्चार माध्यम व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे सञ्चार माध्यमलाई व्यवस्थित गर्न विधेयक उपयोगी हुने बताउनुभयो । गलत वा मिथ्या समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मीलाई विधेयकले दण्डनीय बनाउने भन्दै उहाँले पत्रकारिता विषयमा स्नातकोत्तर गर्न चाहने आदिवासी, जनजाति, महिला र दलितलाई विधेयकले प्रोत्साहन गर्ने दावी गर्नुभयो ।

बैठकको विशेष सयममा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सबै चासो र जनहितका लागि निकै महत्वपूर्ण मानिएको सुनसरीको दुहबी र इनरुवा सडकलाई स्तरोन्नति गर्नुपर्ने माग गर्नुभयो । उहाँले दिनप्रतिदिन सवारी चाप बढेको र अधिक सवारी चापले बाटो जीर्ण हुँदै गएकाले सडकको स्तरोन्नती गर्न प्रदेश सरकारले ठोस् कदम चाल्नुपर्नेमा जोड दिनुभयो ।

विगतका बहुवर्षीय योजना अहिले निर्माण कम्पनीले धमाधम छाड्ने अवस्था सिर्जना भएको सम्बन्धमा प्रदेश सरकारले जवाफ दिनुपर्ने भन्दै नेता कोइरालाले किसानले समयमै मलखाद र बीउबिजन पाउन ठोस् उपाय निकाल्नुपर्ने धारणा राख्नुभयो । प्रदेश सभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्नेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा