Lite Nepal

सोमबार, साउन ०९, २०७९

अछाम – पहिरोले घर पुरिएर अछाममा ३ जनाको मृत्यु भएको छ। तुर्माखाँद गाउँपालिका-२ भुलुका अमर विष्टको घर पुरिँदा सुतिरहेका ३ जनाको मृत्यु भएको हो ।

उनका भाइ विरेन्द्र विष्ट ,छोरा संविधान विष्ट र बुहारी हरिकला विष्टको घटनास्थलमै मृत्यु भएको अछामका डीएसपी नारायण डागीले जानकारी दिए। उनका अनुसार काकी नैना विष्ट गम्भीर घाइते भएकी छन् ।

अहिले स्थानीय जनप्रतिनिधि, प्रहरीको सक्रियता उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ। निरन्तर परेको पानीसँगै राति १ बजेतिर पहिरो जाँदा घर पुरिएको वडा सदस्य दिपेन्द्र कामीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं