
काठमाडौं । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान बिहीबारदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ। बिहान माघ स्नान […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएपछि बुधबारबाट सुरु भएको प्रदेशसभा बैठकमा ‘मुठभेड’को आशंका धेरैको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रकै प्रचण्ड–नेपाल समुहले अविश्वासको प्रस्ताव दर्ता पछि सांसद निलम्बनको दोहोरी दुबै समुहमा चल्दा सदनमा रोक्ने र छेक्ने सम्मको योजना दुबै समुहमा थियो । तर, दुवै […]
विराटनगर । प्रदेश १ सभाको हिउँदे अधिवेसनको पहिलो बैठक तीन मिनेट बसेर स्थगित भएको छ । बुधबार प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर बैठक सकिएको हो । सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाए लगत्तै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । बैठकमा मुख्यमन्त्री शेरधन राई र अविश्वासको […]
काठमाडौं । नेपालको पूर्वी भू भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका अधिकांश स्थानमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल प्रदेश नं १ को पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहेको छ […]
काठमाडौं । गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल ओलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब कहिले विवाह हुन्छ रु’ यस प्रश्नले दिक्क भएकी गायिकाले अब भने विवाह नगर्ने सोच बनाएकी छन् । उनले भनिन्, ‘खै अब त के विवाह गरिएला र १ मैले धेरै विवाहितहरूको अवस्था […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन्। अखिल नेपाल महिला सङ्घ९अनेमसं० को दोस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन गर्न वाध्य भएको बबताएका छन्। […]
विराटनगर । नेपाली कांग्रेसले शनिबार देशका सबै पालिकाहरुमा विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध सात सय ५३ वटै पालिकामा प्रदर्शन गर्न लागेको हो । गएको पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कहिले विवाह गर्लान ? धेरैले चासो राख्ने विषय हो । सञ्चारमाध्यमले पनि उनी सँग लिने गरेको अन्तर्वार्तामा यो प्रस्न प्राय छुट्दैन थियो । अब केही दिनमानै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् । उनको विवाहको लगन माघ ११ गते जुरेको छ । काठमाडौंमा उनले माघ ११ गते […]
दमक । झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविरको एउटा छाप्रोमा आगलागी हुँदा एक जनाको जलेर मृत्यू भएको छ । सोमबार बेलुका ७ः३० मा शिविर सेक्टर नंबर डी ४, छाप्रा नं.३२५ मा भएको आगलागीमाा परि सोही छाप्रोमा बस्ने ६० वर्षीय देशमार राईको मृत्यू भएको हो । उनी प्यारालाईसिसका बिरामी थिए । घरमानै सुतिरहेको अवस्थामा उनको जलेर […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै पनि मुलुकको पक्ष, विपक्षमा नउभिने स्पष्ट पारेका छन्। उनले दुई छिमेकी मुलुक भारत र चीनसँग नेपालले मित्रवत् सम्बन्ध चाहेको बताए। ‘हामी कुनै पनि मुलुकको पक्ष, विपक्षमा उभिँदैनौं। नेपाल तटस्थताको नीति लिन्छ’ सोमबार भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने, ‘हामी दुवै मुलुकसँग मित्रवत् व्यवहार गर्दछौं। हाम्रा […]