Lite Nepal

शनिबार, साउन ०७, २०७९

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छन्। ४४ औँ स्मृति दिवस अवसरमा अध्यक्ष ओली लगायतका नेता कार्यकर्ताले पुष्पलालको शालिकमा माल्यार्पण तथा श्रद्धाञ्जलि अर्पण गरेका हुन्।

 

नेकपा (एमाले) ले केन्द्रीय तहमा कामनपा वडा नं १८ ताम्सीपाखाको पुष्पलाल चोकमा कार्यक्रम आयोजना गरेको छ।

वैचारिक नेता पुष्पलालको नेतृत्वमा २००६ साल वैशाखमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। नेपालको इतिहासलाई ऐतिहासिक–भौतिकवादी दृष्टिकोणले अध्ययन–अन्वेषण गर्न उनको योगदान रहेको छ।

वि.सं. १९८१ असार १५ गते रामेछापको भङ्गेरीमा उनको जन्म भएको थियो। वि.सं. २००५ मा विश्व प्रसिद्ध कम्युनिस्ट घोषणापत्रको नेपाली अनुवादमार्फत नेपालमा मार्क्सवादी विचारधाराको विधिवत् आरम्भ गरेका पुष्पलालले आफ्ना सहयोद्धासँग मिलेर विसं २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। नेपालमा मार्क्सवादी विचार फैलाउने प्रथम व्यक्तित्व र जनवादी क्रान्तिको कार्यक्रम अघि सार्ने सिद्धान्तकारका रुपमा पुष्पलाललाई लिने गरिन्छ।

 

 

 

तस्बिर : केपी ओली सचिवालय

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं