काठमाडौं । बैतडीसहित सुदूरपश्चिम प्रदेशका तीन पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्न धनगढी विमानस्थलनलाई बेस बनाएर शनिबार परीक्षण उडान भएको छ । बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनको तयारी स्वरुप शनिबार परीक्षण उडान भएको हो । विमानस्थलको अनुगमनसहित परीक्षण उडानको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गरेका छन् । धनगढी […]
धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका सह प्रवक्ता आशिष श्रेष्ठका अनुसार सुनसरी इनरुवा नगरपालिका १ की २८ वर्षीया महिलाको शनिबार विहान साढे ४ बजे उपचारकै क्रममा मृत्यु भएको हो । दीर्घ रोग नभएकी महिलाको असोज ८ गते प्रतिष्ठानमा गरिएको पिसिआर स्वाब […]
काठमाडौं । प्रदेश १ को राजधानी विराटनगर प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको मध्यपश्चिम तथा उत्तरपश्चिम भागमा न्युन चापीय क्षेत्र रहेको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती […]
विराटनगर । विगत २४ घण्टामा प्रदेश १ मा १ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । शुक्रबार थपिएका संक्रमित मध्ये मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, ते¥हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश १ […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्रीसँग मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईसँग प्रदेशका मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका हुन् । शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियेतले […]
विराटनगर । झापाको दुई फरक स्थानबाट खैरो हिरोइन (ब्राउनसुगर) सहित तीन जना पक्राउ परेका छन् । कचनकवल गाउँपालिका १ बगान र गौरीगंज गाउँपालिका २ दासचौरीबाट तिन भारतिय नागरिक ब्राउनसुगर सहित पक्राउ परेका हुन् । बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका छन । विहीबार दिउसो पौने ४ बजे […]
काठमाडौं । कोभिड–१९ का कारण स्थगित कक्षा १२ को परीक्षा सञ्चालनका लागि विभिन्न विकल्प सिफारिस भए पनि निर्णयमा ढिलाइ भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना परीक्षा लिनसक्ने स्थिति नभएमा कूल १०० पूर्णाङ्कमध्ये ४० नम्बरको अनलाइन परीक्षा, २० नम्बरको प्रयोगात्मक र कक्षा ११ को कूल प्राप्ताङ्कलाई बाँकी ४० नम्बरमा गणना गर्ने वा परीक्षा नलिइ आन्तरिक […]
विराटनगर । प्रदेश १ मा पहिलो पटक एक बालकको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । मोरङको बूढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६ वर्षीय नाबालकको मृत्यु भएको हो । धनुषाको जनकपुर उपमहानगरपालिका–२ घर भएका पासवान थरका नाबालकको उपचारका क्रममा बिहीबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी […]
बिर्तामोड । मोटरसाइकलको पछाडी बसेर आफ्नै साथीको घाँटी रेट्ने झापाका मनकुमार लिम्बु कारागार चलान भएका छन् । शिवसताक्षी –८ का लिम्बुले आफ्नै साथीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका थिए । आर्थिक कारोवारका कारण हत्या गरेका लिम्बू कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत झापाले विहीबार जिल्ला कारागार भद्रपुर चलान गरेको जिल्ला प्रहरीका झापाले जनाएको छ । […]
काठमाडौं । सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि नेपाल सरकार र प्रदेश सरकार बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । संघीय सरकार र प्रदेश सरकार बीच यो नै विमानस्थल निर्माणको लागि पहिलो पटक समझदारी पत्रमा हस्ताक्षर भएको हो । विहीबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, […]