Lite Nepal

आइतबार, आषाढ १४, २०७७

मोरङ । प्रदेश १ मा कोरोनाभाइरस कोभिड १९ का २७ जना नयाँ संक्रमितको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।विराटनगरस्थित मन्त्रालयले आइतबार कोभिड १९ बारे जानकारी दिदैं मोरङको विभिन्न स्थानीय तहमा १७ जना नयाँ संक्रमित थपिएका छन्।

यसक्रममा मोरङको दक्षिणपूर्वी सुनवर्षी नगरपालिका १६ पुरुष र १ महिलागरि कुल १७ जनाको पीसीआर परिक्षण रिपोर्ट पोजेटिभ आएको हो। नगरपालिकाका अनुसार उनीहरु भारतका विभिन्न स्थानबाट आएका र क्वारेन्टाइनमा रहदै आएका हुन्। त्यसैगरी उदयपुरको कटारी र त्रियुगा नगरपालिकाबाट ६ जना संक्रमित थप भएका छन्। अन्य मुलुकबाट आएकाहरुमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

हाल उदयपुरको कटारीमा ३ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको हो। त्यसैगरी त्रियुगा नगरपालिकास्थित क्वारेन्टाइनमा रहेकी १ महिलाको समेत पीसीआर रिपोर्ट पोजेटिभ आएको हो। त्यसैगरि, झापाको हल्दिबारीमा २ महिला, सुनसरीको इनरुवा नगरपालिकामा १ पुरुष र इलामको माइमा १ जना पुरुषमा कोभिड १९ को पुष्टि भएको हो । यससंगै प्रदेशमा पीसीआर पोजेटिभको संख्या ५ सय ६० पुगेको छ।

जसमा ७८ महिला र ४ सय ८२ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ। त्यसैगरि, हालसम्म यस प्रदेशमा कोभिड १९ का संक्रमितहरु उपचारपछि डिस्चार्ज भएकाको संख्या ३ सय ७८ रहेको छ। जसमा २३ महिला र ३ सय ५५ पुरुष रहेका छन्।

मन्त्रालयका अनुसार हाल विभिन्न कोभिड १९ उपचार केन्द्रमा १ सय ५५ जना संक्रमितहरु उपचाररत भर्ना अवस्थामा रहेका छन्। त्यसैगरी, हालसम्म कोभिड १९ बाट प्रदेशमा मानविय क्षति भने नभएको मन्त्रालयकी जनस्वास्थ्य अधिकृत रञ्जु रेग्मीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा