Lite Nepal

सोमबार, भाद्र ०१, २०७७

मोरङ । प्रदेश १ को मुख्य नेपाल–भारत नाका विराटनगर भन्सारमा कार्यरत चार कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

शुक्रबार पिसिआर परीक्षण गरिएका कार्यरत बीस कर्मचारीमध्ये चारजनालाई कोरोना संक्रमण भएको हो ।

उनीहरूको अवस्था सामान्य रहेको र सबैजना आइसोलेसनमा बसिसकेको भन्सार कार्यालयले जनाएको छ ।

‘हाइरिस्क’मा बसेर काम गरिरहेका कर्मचारीमा कोरोना संक्रमण पाइएपछि विराटनगर भन्सारमा थप उच्च सतर्कता अपनाइएकाे छ ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले कोरोना संक्रमण पृष्टि भएपछि भन्सार जाँचपासमा कार्यालयसँगै आफूहरूले पनि सतर्कता अपनाएको बताए ।

उनका अनुसार आइतबारदेखि भन्सारमा भिडभाड नियन्त्रण गरिएको छ ।

एजेन्ट र उनीहरूका प्रतिनिधिहरूले पनि सकभर घरबाटै अनलाइनबाट काम गर्ने र अति आवश्यक परे मात्र भन्सारमा कागजात बुझाउन जाने गरेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा