Lite Nepal

आइतबार, आश्विन १८, २०८३

काठमाडौं । लामो समय शेरबहादुर देउवा निकट रहेर कांग्रेस राजनीतिमा सक्रिय इलाम जिल्ला सभापति डम्बर खड्काले १५ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेका छन् ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको कांग्रेसको १५ औं महाधिवेशनमा सहभागी हुन आइपुगेका खड्काले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका हुन् ।

उनले युवाहरुले भरिएको पार्टी नेतृत्वले सबै नेताहरुलाई समेटेर लानुपर्ने भन्दै तल्लो तहसम्म पार्टीभित्र एकता आवश्यक रहेको बताए ।

कोशी प्रदेशमा देउवा समूहको बलियो नेताका रुपमा स्थापित खड्काले उक्त समूहबाट अलग हुँदै केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । पार्टी विभाजनलाई नयाँ नेतृत्वले मिलाएर लानसक्ने अपेक्षासहित आफू केन्द्रीय समितिमा प्रवेश गर्न चाहेको बताए ।

नेविसंघबाट राजनीतिक यात्रा थालेका खड्का २०५१ सालमा नेविसंघको इलाम जिल्ला सभापति निर्वाचित भएका थिए । कांग्रेस विभाजन हुँदा देउवा समूह रोजेका उनी २०५८ मा नेविसंघको केन्द्रीय सदस्य र २०६४ सालमा नेविसंघ केन्द्रीय उपाध्यक्ष बनेका थिए ।

उनी कांग्रेसको १२औं महाधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भए ।त्यसपछि महाधिवेशन प्रतिनिधि र जिल्ला सभापति निर्वाचित उनी सक्रिय समाजसेवी समेत हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं