काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरूले सोमबार ९असोज १९० देखि सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने भएका छन् । इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान) ले एक सूचना जारी गर्दै सस्तो र कम स्पीडका प्याकेज बन्द गर्ने निर्णय गरेको हो ।
बितेका १२ वर्षमा इन्टरनेटको पहुँच र प्रभावमा नेपालले गरेको प्रगति गर्व गर्न लायक रहेको र फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचमा, हामी दक्षिण एसियाको सस्तोमा पर्ने आइस्पानको दाबी छ ।

विगतका वर्षहरूका मूल्यवृद्धि, मध्यपूर्वको तनावले इन्धनको मूल्य आकाशिएको थियो । फाइबरको मूल्य, अत्यधिक मुद्रास्फीतिको अवस्था र एआईको तीव्र वृद्धिले गर्दा एक्कासि इलेक्ट्रोनिक र चीपसेटको मूल्य महंगिएको छ ।

अन्य थुप्रै कारण र परिस्थिति समेतले गर्दा आइएसपीहरूको सञ्चालन चल्न सकस भएको हुँदा हाल दिँदै आएको सुपथ मूल्यका र कम स्पीडका प्याकेजहरू असोज १९ गतेबाट उपलब्ध गराउन नसक्ने आइस्पानले जनाएको छ ।