Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा आगो निभाउन गएको एक हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार एक पाइलटको मृत्यु भएको छ।

क्यालिफोर्नियास्थित जंगलको धेरै ठाउँमा लागेको आगोलाई निभाउन ती पाइलटले हेलिकप्टरबाट पानी खन्याइरहेका थिए।

सोही क्रममा उनी एकजना मात्र सवार हेलिकप्टर कोयलिंगा भन्ने स्थानमा दुर्घटनामा परेको बीबीसीले जनाएको छ।

सयभन्दा बढी स्थानमा आगलागी भएपछि हाल क्यालिफोर्नियामा आपतकाल अवस्थाको घोषणा गरिएको छ।

आगलागीबाट बच्न सान फ्रान्सिस्कोका हजारौं मानिसहरु घर छाडेर सुरक्षित स्थानमा गएका छन्। हाल हेलिकप्टर तथा जमीन दुवैबाट आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं