Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा आगो निभाउन गएको एक हेलिकप्टर दुर्घटनामा पर्दा त्यसमा सवार एक पाइलटको मृत्यु भएको छ।

क्यालिफोर्नियास्थित जंगलको धेरै ठाउँमा लागेको आगोलाई निभाउन ती पाइलटले हेलिकप्टरबाट पानी खन्याइरहेका थिए।

सोही क्रममा उनी एकजना मात्र सवार हेलिकप्टर कोयलिंगा भन्ने स्थानमा दुर्घटनामा परेको बीबीसीले जनाएको छ।

सयभन्दा बढी स्थानमा आगलागी भएपछि हाल क्यालिफोर्नियामा आपतकाल अवस्थाको घोषणा गरिएको छ।

आगलागीबाट बच्न सान फ्रान्सिस्कोका हजारौं मानिसहरु घर छाडेर सुरक्षित स्थानमा गएका छन्। हाल हेलिकप्टर तथा जमीन दुवैबाट आगोलाई नियन्त्रणमा लिने प्रयास भइरहेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा