Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

खाँदबारी : संखुवासभाका ३ जनामा कोरोना पोजिटिभ देखिएपनि ३ दिन वित्दा पनि उनीहरुको उपचारको टुंगो लागेको छैन । कोरोना भाइरस संक्रमितको उपचारमा आइसोलेसन अभावपछि उनीहरुलाई क्वारेन्टाइनमा नै राखिएको छ । मंगलबार एक प्रहरीसहित तीनजनामा कोरोना पुष्टि भएको थियो ।

संखुवासभामा सरकारी र निजीसहित २० वार्डको आइसोलेसन वार्ड भएपनि स्थानीयले अवरोध गरेपछि संक्रमितलाई क्वारेनटाइनमा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटी जानकारी दिए । प्रदेश सरकारले निर्माण गरेका सबै आइसोलेसन वार्ड भरिएपछि जिल्लामै राखेर उपचार गर्न भने पनि संक्रमित क्वारेन्टाइनमै बस्न बाध्य छन् । स्वास्थ्य कार्यालय संखुवासभाका अनुसार जिल्ला प्रहरी कार्यालयका २२ वर्षीय पुरुष, धर्मदेवी नगरपालिका-४ का ४३ वर्षीय पुरुष र चैनपुर नगरपालिका-११ का २४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्ला अस्पतालले हिमालय किरण क्याम्पसमा बनाएको १० बेडको आइसोलेसन प्रयोगका स्थानीयको विरोध पछि प्रयोगमा आउन नसकेको हो । सरकारले साउन २५ विद्यालय तथा क्याम्सबाट क्वारेन्टाइन तथा आइसोलेसन हटाउने निर्णय गरेपछि आइसोलेसन प्रयोगमा स्थानीले अवरोध गरेका हुन् ।

तयारी गरीएको आइसोलसन प्रयोगमा अवरोध भएपछि जिल्ला अस्पतालले खाँदबारी नगरपालिका-९ ढुङ्गे विसौनाको प्राथिमक विद्यालयमा आइसोलेसन निर्माण लगेको थियो । ढुङ्गेविसौनाका स्थानीयले समेत विरोध गरेपछि आइसोलेसन बनाउने स्थागित भएको छ ।

सरकारको निर्णय र स्थानीयको अवरोधका कारण अस्पतालले लाखौं खर्चेर खाँदबारीको हिमालय किरण क्याम्पसमा बनाएको आइसोलेसन वार्ड भने प्रयोगबिहीन छ । बरुण बहुमुखी क्याम्पसम निर्माण गरिएको क्वारेन्टाइन समेत हटाउन क्याम्पस प्रशासनले माग गरेको छ ।

विद्यालय, क्याम्पस र सामुदायिक भवनमा सरकारले आइसोलेसन नराख्ने निर्णय गरेपछि हिमालय किरण क्याम्पसमा बनाइको आइसोलेसन हटाउने तयारी गरीएको जिल्ला अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा