Lite Nepal

मंगलबार, आश्विन ०६, २०८३

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ तथा वितरण प्रक्रियालाई थप व्यवस्थित, छिटो र सहज बनाउन सरकारका तीन निकायबीच त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौतासँगै अब सेवाग्राहीले आफ्नो लाइसेन्स सम्बन्धित यातायात कार्यालयबाट मात्र नभई आफूले चाहेको ठेगानामा, अर्थात् घरमै समेत प्राप्त गर्न सक्ने भएका छन्।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार मन्त्रालयमा यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच उक्त सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएका हुन्।

सम्झौताअनुसार यातायात व्यवस्था विभागद्वारा सञ्चालित ‘विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ। प्राप्त डाटाका आधारमा केन्द्रले लाइसेन्स छपाइ गर्नेछ।

यस व्यवस्थाले विगतमा हुने प्राविधिक झन्झट तथा डाटा आदानप्रदानमा लाग्ने समय घटाउने अपेक्षा गरिएको छ। सुरक्षण मुद्रण केन्द्रमा छपाइ भएका लाइसेन्स हुलाक सेवा विभागमार्फत वितरण गरिनेछ।

मन्त्री लम्सालका अनुसार  EDLVRS प्रणालीबाट जारी भएका लाइसेन्स सम्बन्धित प्रदेश कार्यालयमा पठाइने र त्यहीँबाट वितरण गरिनेछ। साथै, सेवाग्राहीले चाहेमा आफूले इच्छाएको ठेगानामा लाइसेन्स घरमै पुर्‍याउने व्यवस्था पनि सम्झौतामार्फत सुनिश्चित गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं