Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएका बेला उद्योग कलकारखानाका लागि कच्चा पदार्थ बोकेका ट्रक लगायतका ढुवानीका साधनलाई सञ्चालन गर्न दिने निर्णय भएको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले सो कुराको निर्णय गरेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बसेको बैठकमा कोरोना रोकथामका लागि गठिन कोरोना संकट व्यवस्थापन केन्द्र सिसिएमीले तयार गरेको प्रस्तावित निर्णयहरुमाथि छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

उनले भने–‘कोरोना रोकथामका लागि सिसिएमसीले ल्याएको प्रस्तावित निर्णयमा विभिन्न विषय उठाइएको छ, त्यसमा परिमार्जनका लागि सबै मन्त्रीहरुले प्रस्ताव राख्नुभएको छ ।

मन्त्रीहरुले राखेका कुराहरु समावेश गरेर प्रधानमन्त्रीलाई बुझाउने र त्यसपछि निर्णय गर्ने भन्ने कुरा भएको छ ।’

धेरै नेपाली बाहिरबाट ल्याउनुपर्ने भएको र त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भएको उनले बताए ।

यस्तै नेपालस्थित कुटनीतिक नियोगका पदाधिकारीहरुलाई नेपाल आउन र संबन्धित देशमा सहज ढंगले आवत जावतको व्यवस्था गर्ने निर्णय भएको छ ।

विदेशबाट नेपाली ल्याउने बारेमा अघिल्लो मन्त्रीपरिषदको बैठकमा मन्त्रीहरु बीच तर्क बिर्तक भएपनि विवाद नरहेको उनको भनाइ छ ।

यस्तै कोरोना भाइरस रोकथामक लागि कोरोना संक्रमित क्षेत्रमा जिल्ला प्रशासन कार्यालय मार्फत निषेधाज्ञा जारी गर्ने अघिल्लो मन्त्रीपरिषदको निर्णयलाई निरन्तरता दिने र यसको प्रभावकारीताबारे छलफल भएको छ ।

यस्तै बैठकमा बाढी पहिरो प्रभावितको अवस्था, राहत वितरणको अवस्थाका बारेमा प्रधानमन्त्रीले चासो राखेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा