Lite Nepal

आइतबार, भाद्र २८, २०८३

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सडकमा ट्राफिक प्रहरी हात हल्लाएर सवारी नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिमैत्री ट्राफिक व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवमा बोल्दै उनले एआई–सक्षम सीसीटीभीलगायत आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताए।  उनले बस स्टप, बसपार्क र पार्किङ व्यवस्थापनसँगै ट्राफिक प्रणाली सुधारमा स्थानीय तहसँग सहकार्य आवश्यक रहेको बताए। स्थानीय तहलाई प्रहरीका लागि जग्गा, भवन, सवारीसाधन, विपद् उद्धार सामग्री तथा सीसीटीभी विस्तारमा सहयोग गर्न पनि उनले आग्रह गरे।

कार्कीले फुटपाथ व्यवस्थापन, सरसफाइ तथा आपत्कालीन प्रतिकार्य प्रणाली सुधारमा काठमाडौं महानगरपालिकाले गरिरहेको कामको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य थप प्रभावकारी बनाउने बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं