Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

भारत । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २९ लाख नाघेको छ।

बिहीबार ६८ हजार ५ सय ७ जनामा संक्रमण पहिचान भएसँगै कुल संक्रमितको संख्या २९ लाख ४ हजार ३ सय २९ पुगेको हो। 

बिहीबार थपिएका संक्रमितमा महाराष्ट्रमा मात्रै १४ हजार ६ सय ४७ जनामा संक्रमण देखिएको थियो।

यो सँगै महाराष्ट्रमा मात्रै संक्रमितको संख्या ६ लाख ४३ हजार २ सय ८९ पुगेको छ।

जसमध्ये ४ लाख ५८ हजार १ सय २४ जना संक्रमणमुक्त भएका छन् भने २१ हजार ३ सय ५९ जनाको मृत्यु भइसकेको छ।

कोरोना संक्रमणबारे तथ्यांक राख्ने वर्ल्डोमिटरका अनुसार, भारतभरि संक्रमणबाट ५४ हजार ९७५ जनाको मृत्यु भइसकेको छ।

बिहीबार मात्र ९ सय ८१ जनाको ज्यान गएको थियो।

भारतमा कुल संक्रमितमध्ये २१ लाख ५७ हजार ९ सय ४१ संक्रमणमुक्त भएका छन्। हिजो मात्र ६१ हजार ८ सय ७३ जना अस्पतालबाट डिस्चार्ज भएका थिए।

त्यहाँ अब सक्रिय संक्रमितको संख्या ६ लाख ९१ हजार ४ सय १३ छ।

जसमध्ये ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य स्थिति जटिल छ। 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं