Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

विराटनगर । प्रदेश १ सरकारले विराटनगरमा रहेको कोशी कोभिड १९ अस्पताललाई ‘लेभल टु’ मा स्तरोन्नती गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड १९)का लक्षण सहितका संक्रमित बढ्दै गएकाले थप जनशक्ति नियुक्त गर्ने र उपकरणको व्यवस्था गर्ने भएको हो ।

शुक्रबार बसेको प्रदेश १ मन्त्रिपरिषदको बैठकले विज्ञसँग छलफल र परामर्शको आधारमा उक्त निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

‘अस्पताललाई लेभल टु मा स्तरोन्नती गर्न आवश्यक दरबन्दी सिर्जना गरी नियुक्ति प्रकृया अघि बढाउन सामाजिक विकास मन्त्रालयलाई अनुमति दिएको छ,’ मन्त्री कार्कीले भने ‘ आइसियु र भेन्टिलेटर यो तहमा बढी थपिनेछ ।’

कोभिड १९ अस्पतालमा आवश्यक जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर सञ्चालनमा समस्या हुनुको साथै पर्याप्त आइसियु र भेन्टिलेटर पनि छैन ।

यस्तै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको प्रदेशस्तरीय प्रयोगशाला स्थापना गर्न स्नातकोत्तर क्याम्पस विराटनगरको जग्गा प्रदेश प्रयोगशालाको नाममा पाप्त गर्नका लागि स्वीकृति दिएको छ ।

स्वीस सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको आधुनिक पीसीआर मेसिन सञ्चालन गर्न व्यवस्थित प्रयोगशालाको अभाव रहेको थियो ।

त्रिभूवन विश्वविद्यालय, सामाजिक विकास मन्त्रालय र स्नातकोत्तर क्याम्पस बिच यस अघि भएको सम्झौता बमोजिम उक्त निर्णय भएको मन्त्री कार्कीले बताए ।

बैठकले सामाजिक विकास मन्त्रालयको विविध कार्यक्रम सञ्चालन कार्यविधि २०७७ लाई स्वीकृत समेत गरेको छ ।

यस्तै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रस्ताव अनुसार पर्यटन विकास तथा जलाधार संरक्षण आयोजनाको १ वर्ष म्याद थप गर्ने निर्णय पनि बैठकले गरेको मन्त्री कार्कीले बताए ।

उनका अनुसार बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको विषयमा केही अनौपचारिक छलफल पनि भएको थियो ।

प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक

प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक

Posted by Lite Nepal on Friday, 21 August 2020

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा