Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

विराटनगर । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकासहित मोरङका चारवटा स्थानीय तहलाई लक्षित गरेर शुक्रबार राति १२ बजेबाट निषेधाज्ञा गरिएको छ।

जिल्ला सुरक्षा समितिको शुक्रबार दिउँसो बसेको बैठकले समुदायस्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो।

निषेधाज्ञा आगामी १० गते राति १२ बजेसम्म कायम रहने छ। महानगरले यसअघि दोस्रो पटक गरेको ‘लकडाउन’ को समय शुक्रबारराति सकिँदै गर्दा सुरक्षा समितिले निषेधाज्ञा आवश्यक रहेको निस्कर्ष निकालेर निर्णय लिएको हो।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना भाइरसको संक्रमणका कारण बढी प्रभावित बनेका ठाउँलाई लक्षित गरेर निषेधाज्ञा गरिएको जानकारी दिए।

विराटनगर महानगरका सबै वडा र रंगेली नगरपालिका, कटहरी तथा बूढीगंगा गाउँपालिकाको केही वडामा निषेधाज्ञा गरिएको हो। बूढीगंगा र कटहरी विराटनगरसँग सीमा जोडिएका स्थानीय तह हुन्।

रंगेली नगरपालिकाको ४, ५, ६ र ७ नम्बर वडामा मात्रै यो लागू हुनेछ। त्यस्तै कटहरी गाउँपालिकाको १, २, ३, ४ र ५ तथा बूढीगंगाको १, २, ३ र ४ नम्बर वडामा निषेधाज्ञा गरिएको छ।

प्रजिअ निरौलाले निषेधाज्ञाको अवज्ञा गर्नेलाई कारबाहीको दायरामा ल्याइने जानकारी दिए।

उनका अनुसार निषेधाज्ञाको अवधिमा कलकारखाना, उद्योग सञ्चालनमा भने रोक लगाइएको छैन। निषेधाज्ञामा पसल र बजार खोल्न, हिँडडुल गर्न, सवारी साधन सञ्चालन गर्न पाइने छैन।

त्यस्तै औषधि पसल, अस्पताल खोल्न तथा एम्बुलेन्स लगायतका अति आवश्यकीय सवारी साधन सञ्चालन गर्न पाइने निरौलाले बताए।

सर्वसाधारणले पनि अति आवश्यकीय सामग्री खरिदका लागि नियमको पालना गर्दै जान पाउने उनको भनाइ छ।

मोरङमा विराटनगर सबैभन्दा बढी प्रभावित बनेको स्थानीय तह हो।

विराटनगरमा शुक्रबारसम्ममा सात सय ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ।

विराटनगरमा कोरोना कारण नौ जनाको मृत्यु भइसकेको छ। बूढीगंगा र रंगेलीमा पनि एक/एक जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा